इनास अष्ट्रेलियाले गर्यो धुर्मुस-सुन्तलीको सम्मान
२२ जनवरी २०१७, सिड्नी- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाले समाजसेवी कलाकारद्वय धुर्मुस (सिताराम कट्टेल) तथा सुन्तली (कुञ्जना घिमिरे) लाई हिजो सिड्नीमा एक कार्यक्रममाझ नगदसहित सम्मान गरेको छ । नेपालमा गत वर्ष बैसाखमा गएको भुकम्पपछीको पुननिर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका हास्यकलाकारद्वय धुर्मुस-सुन्तलीलाई समाजले सम्मान गरेको हो । इनासका पदाधिकारीहरुमाझबाट नेपाली रुपया ६५ हजार बराबरको रकम संकलन गरि रौतहटको मुसहर बस्ति निर्माणका लागी सहयोग गरिएको इनास अष्ट्रेलियाका अध्यक्ष इश्वर पोखरेलले बताए ।
नेपालमा आएको बिनासकारी भु-कम्पपछिको छोटो समयमा धुर्मुस-सुन्तलीले दुई स्थानमा बस्तिहरु निर्माण गरी हस्तान्तरणसमेत गरिसकेका छन । उनीहरुले काभ्रेमा १९ घरधुरी रहेको एकिकृत नमुना बस्ति तथा सिन्धुपाल्चोकको गिरान्चौरमा ६७ घरधुरी रहेको अर्को एक बस्तिको निर्माण गरि हस्तान्तरण गरेका हुन । यसरी दुई बस्तिको सफल निर्माणपछि उनीहरु महोत्तरीमा मुसहर समुदायको लागी बस्ति निर्माणमा लागि परेका छन । उक्त बस्तिका लागी रकम संकलनार्थ अष्ट्रेलिया आइपुगेका उनीहरुलाइ इनासले नगदसित सम्मान गरेको हो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.



प्रतिकृया दिनुहोस