इश्वर पोखरेलको नयाँ गीतको म्युजिक भिडियो आउदै
५ नोभेम्बेर २०१६, सिड्नी- अस्ट्रेलियाबाट नेपाली गायनमा सक्रिय गायक इश्वर पोखरेलको नया गीत “मैले जति माया……..” को म्युजिक भिडियो सर्वजनिक हुने भएको छ । पोखरेलका अनुसार नया म्युजिक भिडियो अर्को साता सर्वजनिक हुने भएक हो । हरी लम्शालको सँगीत रहेको रहेको उक्त गीतमा शब्द भने नरेश भट्टराइको रहेको छ ।
K & K Production को ब्यनरमा बनेको म्युजिक भिडियोमा अस्मा र जीवनले अभिनय गरेका छन । उत्सव दाहालले खिचेको भिडियोमा अर्जुन अधिकरीले निर्देशन दिएका छन भने सम्पादन भने निशान घिमिरेले गरेका छन ।
पोखरेल अन्तर्राष्ट्रिय नेपाली कलकार समाज (इनास) अस्ट्रेलियाका अध्यक्षपनि हुन । इश्वर पोखरेललगायत अस्ट्रेलिया बस्ने ६ जना नेपाली कलाकारहरुले केही अघि “उडान” नामको नामको साँगीतिक एल्बम सर्वजनिक गर्दै सिड्नी र एडिलेडमा उक्त एल्बमको प्रचार यात्रासमेत गरीसकेका छन । भिडियो सर्वजनिक हुन लागेको यो गीत उक्त एल्बममा समेटिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस