असम्भव छैन नेपालको आफ्नै पानीजहाज, बिगतमा पनि थियो

boat१८ मे २०१६, काठमाण्डौ- नेपाली मानसिकता कति विकृत र साघुरो बनिसकेको छ भन्ने कुरा सबैभन्दा बढी अार्थिक बिकाश, उन्नति र प्रगतीका कुरा गर्दा थाहा हुन्छ । नेपालका वर्तमान प्रधानमन्त्रीले बारम्वार नेपालको उन्नति र प्रगतिका बाटाहरु सुनाउछन, विपक्षि त विपक्षी भयो नेपाली जनता समेत उनलाई जोकर ठानेर आफु त जोकर भएका छन्, छन, जिवनभर अर्काको दास बनेर रमाउन खोजिरहेछन । केही समयमात्र अघि धेरैपटक बिगतमा घोषणा भएरपनि कार्यान्वयन हुन नसकेको नेपालबाट ‘तुइन बिस्थापन’ को घोषणा गरे । घोषणा भएको करीब चार महिनाको अवधीमा करीब ७०% तुइन बिस्थापन भइसक्यो । सरकारले लोकप्रिय बजेट ल्याएर नेपालमा लामो समय शासन गर्ने र भारतका स्वार्थहरु लागु हुन नसक्ने अवस्था देखेपछि केहि हप्तामात्र अघि नेपालमा सरकार ढाल्न निक्कै ठुलो षड्यन्त्र भयो तर सफल हुन सकेन ।

‘उदेश्य के लिनु, उडि छुनु चन्द्र एक’ भनेजस्तै केपी अोलीले केही नभएपनि देशको भविष्यको खाका कोर्ने राजनीतिको उच्चतम तहमा बसेका मानिसहरुले उदेश्य ठुला लिनपर्ने एउटा सन्देश दिएर सोही अभ्यास गरिरहेछन एकातिर भने उनले लिएको उदेश्यतर्फ लम्किदा कनसेकम उक्त उदेश्यको १० देखी २० प्रतिशतमात्र लक्ष हासिल भयो भने पनि नेपाल समुन्नत हुन्छ । जस्तो कि एउटा सानो उदाहरण हेरौं, केपी ओलीले १० हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष लिएका छन, जवकि नेपालमा त्यसको १० प्रतिशत अर्थात १ हजार मेघावाटमात्र बिजुली उत्पादन भयो भनेपनि नेपालीले कमसेकम लोडसेढिंङको अन्धकारमा बस्न पर्दैन । एउटा डाक्टर बन्ने उदेश्य लिएर हिडेको मान्छे राम्रै जीवनयापन गर्न सक्ने हुन्छ । तर जव उदेश्य नै ड्राइवर बन्ने छ भने मान्छे खलासी बन्ने भैगयो नि ।

केहि दिन अघिमात्र प्रधानमन्त्रीले नेपालको आफ्नै पानीजहाज किन्नुपर्ने कुरा बताउदा बेलायतमा बस्ने एकजना बौदिक नै ठनिएका साथीको स्टाटसमा पुर्वाग्रही तरिकामा ब्याग्य गरिएको थियो “ओलीको आलोचना गर्नुभए राष्ट्रियताको मात्रा कम भएको विल्ला लाग्ला ।” उहांको त्यस्तो स्टाटस देखेर दु:ख लाग्यो । कमसेकम जुनै राजनीतिक आस्था बोकेको भएपनि राष्ट्र र राष्ट्रियताको अनि राष्ट्रलाई आर्थीक रुपमा सवल बनाउने सवालमा देशका सबै जनताको साथ र हातेमालो हुनैपर्दछ ।

हाल समाजिक सञ्जालमा पुन: एकपटक ओली छाएका छन । आफुलाई महान ठान्ने र राष्ट्रविकास केवल केपी ओलीको ठेक्का भएको ठान्ने महान नेपाली जनताहरु उनलाई ट्रोल आफ्नै दरिद्र भविष्यको खिल्लि उडाइरहेछन । पढेलेनलेखेका त आफ्ना ठाँउमा भए, जान्ने सुन्ने हुँ भन्नेहरुपनि उदेश्य लिनुहुदैन भन्दैछन । यसै परिवेशमा एकपटक सोचौं, के नेपालको संमृद्र बन्नु, नेपालको आफ्नै जल पारवहन हुनु, नेपाली हाल विदेशिएजस्तै विदेशीहरु नेपालमा रोजगारीको सिलसिलामा आउनु के साँच्चै असंम्भव हो ? हो, वास्तवमा हालकै मानसिकतामा नेपालीहरु रहनु हो भने, यो असंम्भव नै हो । तर, नेपालीले केही कुरामा ध्यान दिने र केहि बर्ष मिहिनेत गर्ने हो भने माथिका कुराहरु असंभव छैन । थाइल्याण्ड, कोरीयालगायतका केही मुलुकहरुको विकाश हेर्ने हो भने करीब तीन दशकमा उनीहरु आकाशिएका छन किनकी उनीहरुका जनता नेपालीहरुजस्ता  “ओठे देशभक्त” र देशका लागी केही राम्रो गर्न चाहनेको खुट्टा तान्ने खालका  थिएनन् । राज्यलाई सहयोग गरे, करिब तीन दशकको अन्तरालमा राजकुमारको जिन्दगी बाँचिरहेछन ।

के साँच्चै असम्भव छ त नेपालको आफ्नै पानीजहाज हुन ? 

निसासै निरासा भरिएको नेपालीका कानहरुमा कुनैबेला पानीजहाजहरु ओलीले भनेजस्तै हिन्द र प्रशान्त महासागरका मध्यभागहरुमा सानसँग नेपाली ध्वाजा फहराउदैं हिड्थे भन्ने सुन्दा अचम्म लाग्ला, तर यो वास्तविकता हो । बि.स. २०२५ देखी नेपालको आफ्नै पानीजहाज किन्नेबारेमा बहसहरु शुरुभयो । फलस्वरुप ३० चैत ०२७ मा नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐन, २०२७ पारित गरी कानुनी रूपमा पानीजहाज किन्ने मार्गप्रशस्त गरिएको थियो। दरवार र राणाहरुको व्याक्तिगत स्वार्थका कारण नेपाल राष्ट्रको लगानीमा नभएर रविशमशेर राणाको लगानीमा उक्त जहाज खरिद गरिएको थियो । रविशम्शेरले  पहिलो किस्ता त बुझाउन सके तर दोस्रो किस्ता बुझाउन सकेनन र नेपाल सरकारले पनि ब्याक्तिगत रुपमा खरीद गरिएकाले जमानी बस्न अस्विकार गरिदियो । त्यसपछि २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिएर  नेपाली पानीजहाज त्यहीँबाट फिर्ता भयो।

पुन बि.स. २०३४ सालमा दरवारले पानीजहाज खरिद गरी नेपालको आर्थिक उन्नति गर्ने योजना बनायो । उक्त समयका अर्थमन्त्री भेषबहादुर थापा र उद्योग वाणिज्यसचिव देवेन्द्रराज पाण्डेले नेपालका लागी पानीजहाज भित्र्याउनु कुनैपनि दृष्टिकोणबाट फाइदाजनक नरहेको र यसको उपयोगीतापनि खासै नरहने बहस चर्काए । फलस्वरुप उनीहरुलाई पदबाट बर्खास्त गरियो भने नेपालको पानीजहाज किन्ने दोस्रो प्रयासपनि असफल भयो ।

हाल, नेपाल विश्वब्यापार संगठनमा आवद्द भईसकेको र विश्वब्यापीकरणको यो युगमा प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक नेपालका लागी पानीजहाज किन्ने सपना नेपाली जनतालाई देखाएका छन् । करिब ४५ बर्षअघि नेपाल पानीजहाज किन्न सफल थियो भने नेपाली जनताको साथ र समर्थन पाएको खन्डमा आज सफल नहुने कुरा रहदैन् । प्रजातन्त्रले खाएको साझा, नेपाल वयुसेवा निगम लगायतका उद्योगधन्दाहरु तंङ्रिदैछन भने ओलीले देखाएका नेपालको पानीजहाजलगायतका सपनाहरु पुरा हुन नसक्ने भन्ने कुरा रहदैन । नेपाली जनताले साथ दिनपर्यो, परिश्रम गर्न पर्यो । त्यति पनि गर्न नसके चुप लागेर केहि समय बस्न पर्यो । नत्र नेपाल र नेपाली जनताको बर्बादिमा कसैले पनि उनीहरुलाई बचाउन सक्दैन ।

Advertisements

Leave a Reply