ताजा खवरहरु:

सेना दुरुपयोगबारे तीब्र आलोचना भएपछि सरकारले माग्यो स्पष्टिकरण

karnel१५ मे २०१६, काठमाण्डौ- औसत भारतीय कलाकारहरुको स्वागत तथा सुरक्षामा नेपाली सेनाको दुरुपयोग भएको भन्दै जनस्तरबाटै चर्को आलोचना भएपछि  रक्षा मन्त्रालयसँग जवाफ मागिएको छ । हेलो सरकार प्रमुख उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सेना दुरुपयोगबारे जानकारी गराउन पत्र पठाइएको बताए । जनताको गुनासो सुन्ने प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारमा पनि गुनासो र आलोचना बढेपछि स्पष्टिकरण माग्दै पत्र पठाइइको हो ।

उपाध्यायका अनुसार प्रचलित कानुनअनुसार आवश्यक कारबाहीका लागि रक्षा मन्त्रालयलाई पत्र पठाइएको छ ।

रक्षा सचिव महेश दाहालले पनि सामान्य भारतीय कलाकारहरुको  स्वागतमा नेपाली सेनाका जर्नेल पठाइनु आश्चर्यजनक भएको भन्दै यसबारेबारे छानबिन हुने बताए । ‘हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले  भने, ‘छानबिन गर्दैछौं ।’

सैनिक श्रीमती संघले आयोजना गरेको एक कन्सर्टमा आएका बलिउड अभिनेत्रीको स्वागतमा शुक्रबार नेपाली सेनाका जर्नेलसहित सेनाका अधिकृतहरु पुगेका थिए । सेनाको प्रतिष्ठा र गरिमा घटनाउने काम भएको भन्दै सामाजीक सञ्जाल एवं  मिडियाहरुमा व्यापक आलोचना भएको छ । नेपाली सुपरस्टार राजेस हमालले पनि सामाजीक संञ्जालमार्फत असन्तुष्टि जनाएका थिए ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading