एनआरएनए बिद्यार्थी कोष र विद्यार्थी अपेक्षा

walk for welfare१५ मे २०१६, एडिलेड – अष्ट्रेलियाका नव निर्वाचित संयोजक सुरेन्द्र सिग्देलको सोच अनुरुप अष्ट्रेलियाका सातवटै राज्यहरुमा ‘विद्यार्थी कोष’ स्थापनार्थ सबैको तदारुप सहभागीतामा ‘वल्क फर वेलफेयर’ कार्यक्रम सम्पन्न भएको छ । आशा गरौं, कोषपनि चांडै स्थापना हुने छ र अष्ट्रेलियामा अध्यायनार्थ अाउने नेपाली विद्यार्थीहरुले गर्व गर्न सक्नेछन, हाम्रा अग्रजहरुले हाम्रा निमित्त धेरै गरेका रहेछन र उनिहरुले शिक्षापनि पाउनेछन् हामीले हाम्रा भावी सन्ततिका निमित्तपनि केही गर्नु पर्छ । विद्यार्थी कोष संचालन नियमावलि हाल निर्माणाधिन रहेको छ र त्यसमा के कस्ता प्रावधानहरु रहेमा अष्ट्रेलियामा उक्त कोष नेपाली विद्यार्थीहरुका लागी बढी उपयोगी हुनसक्छ भन्ने बहस नै आजको आवश्यकता हो ।  अवश्यपनि कुनैपनि कुरामा सतप्रतिसतको समर्थन रहदैन र कुनैपनि कुराले समस्याहरुलाई पुर्णरुपमा निदान गर्नपनि सक्दैन । सर्वसम्मत भए अति उत्तम नत्र कुनैपनि कुरा हुनका लागी बहुमतको समर्थन हुनैपर्छ । बिद्यार्थी कोषले पनि सबै समस्याहरुको निराकरण गर्न सक्दैन तर केही नहुनु भन्दा हुनु राम्रो त्यसमा पनि सकेसम्म धेरै कुराहरुलाई समेटे अझ राम्रो । कुनैपनि विद्यार्थी समस्यामा परेको समयमा ४०-४५ हजार डलरसम्म उठ्नेगरेको अवस्थामा एनआरएनको कोषको के काम ? भन्ने सोचपनि आज धेरैको मानसपटलमा घुम्ने गरेको छ । तर, हामीले के बुझ्न जरुरी छ भने, ब्याक्तिगत रुपमा गरिने कार्यहरुभन्दा समुहगत अझ भनौ संस्थागत रुपमा गर्दा प्रभावकारी र दीर्घकालिन हुनेगर्छ । गैर आवाशिय नेपाली संघ प्रवासि नेपालीहरुको हालसम्मको सबैभन्दा ठुलो र पुरानो संस्था हो । यसमा दुइमत छैन, विविध कारणले यसमा केही ब्याक्तिहरुको समर्थन छैन, त्यो हुदापनि हुदैन । यसो भनिरहदा गैर आवाशिय नेपाली संघमा केही त्रुटी छैन भन्ने अर्थ हैन । खासमा त्यो त्रुटी संस्थामा नभएर संस्थामा रहेका ब्याक्तिहरुको हो भनेर हामीले बुझ्यौ भने त्यो नै असल बुझाई रहला । केही ब्याक्तिहरुले भने आफु संस्थाको पदमा पुग्न नसकेका कारणपनि संस्थालाई दोष दिइरहन्छन भने त्यो संस्थाको कमजोरी नभइ त्यस्ता ब्याक्तिको मानसिकताको उपज हो । जसले जे भनेपनि गैर आवाशिय नेपाली संघ प्रवासि नेपालीहरुको स्थापित संस्था हो । यसको बिकल्प छैन । यसमा भएका कमिकमजोरीहरुलाई सबै मिलेर हटाइ संस्थालाई बढी भन्दा बढी प्रवासमा बस्ने नेपालीहरुको हक हीतमा उपयोग गर्नसक्नु नै बुद्दिमानी हुन जान्छ ।

हामीले आज चर्चा गर्नलागेको विषय गैर आवाशिय नेपाली संघले स्थापना गर्न लागेको ‘विद्यार्थी कल्याणकारी कोष’ को हो र यसैको वृत्तमा हामी रहन खोज्नेछौं । अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीहरुको खास आवश्यकता के हो र के के कुरा समेट्न सके विद्यार्थीहरुका लागी यो ज्यादा हितकर हुने थियो, भन्ने नै हो ।

के हो विद्यार्थी कल्याण कोष?

गैर आवाशिय नेपाली संघको विद्यार्थी कल्याण कोष व्यवस्थापन समितिले तयार पार्दै गरेको कोष संचालन कार्य पुस्तिकाका अनुसार गैर आवाशिय नेपाली संघको विधान र नियमावली अनुसार संचालन हुने, विदेशमा खासगरी अष्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थी तथा तिनका परिवारजनलाई  पर्न जाने आपतकालिन समस्याहरुमा सामान्य कानुनी प्रकियाका आधारमा उपलब्ध हुन सक्ने एउटा कोष नै ‘विद्यार्थी कल्याण कोष’ हो । यस कोषको क्षेत्रहरुमा स्वास्थ समस्या, कानुनी समस्याहरु, सुचना सेमिनारहरु तथा अन्य समग्र विद्यार्थी विकाशका कार्यहरु भनिएको छ । यतिमा मात्र यसको क्षेत्र सिमित नगरेर जुनसुकै खाले बिद्यार्थीलाई पर्न जाने समस्याहरुमा सहयोग गर्न सकिने ठाँउ राखिएको छ ।  यसले कोषको क्षेत्रलाई निकै फराकिलो पारिदिएको छ ।

विद्यार्थी कल्याण कोषका क्षेत्रहरु

गैर आवाशिय नेपाली संघको विद्यार्थी कल्याण कोष व्यवस्थापन समितिले तयार पार्दै गरेको कोष संचालन कार्य पुस्तिकाकामा जनाइए अनुसार विद्यार्थी कल्याणकारी कोषका क्षेत्रहरु निम्न रहेका छन, तर त्यतिमा मात्र सिमित भने हैनन्:

  • स्वास्थ समस्या
  •  कानुनी समस्या
  • सुचना कार्यशाला
  • अन्य विद्यार्थीका क्षमता विकाशका कार्यहरु

उपलब्ध हुने रकमहरु

  • कडाखाले रोग लागेमा-  अस्ट्रेलियन डलर २००० सम्म
  • विद्यार्थी अथवा निजको परिवारको सदस्यको मृत्यु भएमा-  अस्ट्रेलियन डलर ३००० सम्म
  • कार्यशाका गोष्ठिहरुमा- अावश्यकता अनुसार (कोष ब्यवस्थापन समितिको स्विकृतिमा)
  • विद्यार्थीका लागी सुचना निर्देसिका प्रकाशन- अावश्यकता अनुसार (कोष ब्यवस्थापन समितिको स्विकृतिमा)

यसरी कोषको क्षेत्रलाई एकातिर असिमित राखिएको छ भने अर्कातर्फ कडाखाले रोगको उपचारमा र मृत्यु भएको खण्डमा उपलब्ध हुने रकम न्युन राखिएको छ । तत्कालका लागी सहानुभुतिभन्दा बढी उक्त रकमको खासै उपयोगीता देखिदैन । उक्त कोषबाट कस्ताखाले कामहरु गर्न सकिए विद्यार्थीहरुका ज्यादा फाइदाकर हुन्थ्यो भन्ने कुराले बढी महत्व राख्दछ । किनभने अष्ट्रेलिया इन्सुरेन्सको राम्रो व्यवस्था भएको देश हो । कानुनीरुपमा संचालिच कुनैपनि रोजगारदाता संस्थासँग आवद्द रहेर कार्य गर्दा ‘सुपरएनुएसन’ रोजगारदाताकै दायित्व हुन्छ र यसरी गरिने ‘सुपरएनुएसन’ ले धेरैखाले रोग लागी काम गर्न नसक्ने भएको अवस्थमा केही अवधिसम्मका लागी तलब (थोरै भएपनि), मृत्यु भएको खण्डमा पनि बीमाको ब्यवस्था गरिदिएकै हुन्छ । त्योभन्दा बढी  नेपाली विद्यार्थीहरुका लागी गै आवाशिय नेपाली संघको ‘विद्यार्थी कल्याण कोष’ ले गरिदिएको खण्डमा विद्यार्थीहरुका लागी राम्रो त हुने थियो नै गैर आवाशिय नेपाली संघपनि सम्पुर्ण नेपाली विद्यार्थी तथा अभिभावकको धन्यवादको पात्र बन्न सक्नेथियो भन्ने हाम्रो बुझाई रहेको छ ।  खासमा नेपाली विद्यार्थी अष्ट्रेलिया प्रवेश गरिसकेपछी भन्दापनि पहिलेदेखीकै सम्स्याहरुले ज्यादा सताइएको पाइएको छ । त्यस्तो अवस्थामा ति समस्याहरुको निराकरण नगरी अष्ट्रेलियामा आइसकेपछि गरिने समान्य मलमपट्टिले समस्या खासै समाधान हुने देखिदैन ।

के हो त नेपाली विद्यार्थीहरुको खास समस्या ?

केहि अगाडि मैले एकजना नेपाली विद्यार्थीलाई भेटे जो करिब सात बर्षदेखी नेपाल गएका छैनन् र परिवारसँगको सम्पर्कपनि उनको एकदम कम भएको पाएँ । चिन्ताका कारण समाजमा घुलमेल हुन नरुचाउने उनी केही साथीहरुको सम्पर्कमा छन्, काम गर्छन र बचेको समय एक्लै बिताउन मन पराछन । पछि कारण थाहा पाउदा अचम्म लाग्यो, आउदा कमाई भइहाल्छ भनेर सबै ऋण खोजेर आएका रहेछन, एक्लो मान्छैलाई यहाको कमाईले आफ्नो जीवन धानेर कलेजको फि तिर्न नै धौ धौ । परिवारसँग हरेक पटक सम्पर्क गर्दा परिवारको गन-गन सुन्नुपर्ने भएकाले सम्पर्क गर्दा रहेनछन् ।

सिड्नीमा एकजना मित्रले दुइजना आत्महत्या गर्नलागेको विद्यार्थीहरुलाई बचाएर एक हप्तासम्म सम्झाएपछि उनिहरु सामान्य भएछन । कारण रहेछ नेपालमा बाबुआमाको मायामा हुर्केका  कहिल्यै काम गर्नु नपरेका कलिला उनिहरुले अष्ट्रेलियाको जीवनलाई व्यवस्थापन गर्न नसकेर ‘डिप्रेसन’ को सिकार भएका रहेछन् ।

यसैगरी एकजना निकै पहिले आएकि दिदीले आफ्नो अनुभव सुनाउदै भनिन्, कन्सलटेन्सिले सिड्नी भनेको काठमाण्डौ जस्तो हो, मेलवर्न भनेको पोखराजस्तो हो भने । आफुलाई पोखरा मनपर्ने भएकाले मैले मेलवर्न रोजे । भाषागत कठिनाइले शुरुमा अत्यन्त गार्हो भयो । म हरेक दिनजस्तो दिनभर काम खोजेर साझमा घण्टौं रुन्थे । पछी एकजना भारतीयको घरमा काम पाँए । हप्तादिनपछी कमै भएपनि पाएको तलव देखेर फेरी घन्टौं रोए । तर त्यो खुसीको आशु थियो । पछि थाहा पाए, मेलवर्नमा मैले तिरेको भन्दा आधा पैसा तिरेरपनि त्यहि कोर्ष पढ्न सकिने रहेछ ।

अर्का एकजना नेपालको प्रतिष्ठित बीमा कम्पनीमा कार्यालय प्रमुखका रुपमा बर्षौं काम गरेका एकजनाले भने,- हैट, अष्ट्रेलिया भनेर छंदाखादाको कामबाट राजीनामा दिएर आइयो । यहाको वास्तविकताबारे पहिल्यै जानकारी भएको भए अष्ट्रेलिया कहिले अाउने निर्णय किमार्थ गरिने थएन ।

यसैगरी अर्का एकजना विद्यार्थीले अष्ट्रेलिया आउनासाथ साथीहरुसँग मिलेर जाँड रक्सी शुरु गरेछन । हुदै हुदै पछि, क्लब र क्यासिनो । पैसा तिर्न नसकेपछी कलेज जानपनि छोडेछन । भिषा सकिन थालेपछी रुदै हार गुहार गर्न थालेछन ।

अन्य धेरै विद्यार्थीहरुको गुनासो रहने गरेको छ, नेपालमा परामर्षदाताले दिने गरेको परामर्षभन्दा यहाँको वास्तविकता निकै पृथक छ ।

यसरी समग्रमा हेर्दा विदेश अध्यायनमा रहनेगरेका केही विशेष कमि कमजोरीहरु निम्न देखिन्छन् ;

  • सही सुचना प्रवाह नहुनु
  • उच्च अपेक्षा
  • भाषागत समस्या
  • नौलो र खुला संस्कृति

सही सुचना प्रवाह नहुनु

अष्ट्रेलियामा स्थापित भएका मध्ये अधिकाश विद्यार्थी भिषामा नै आएको भएकाले नेपालमा परामर्शदाताहरुले प्रवाह गर्ने सुचनावारे हामी सबै जानकार नै छौं । कुनै तरीकाले सही सुचना नेपालमा प्रवाह गर्नसकिने व्यवस्था गैर आवाशिय नेपाली संघले गर्न सकेको खण्डमा त्यो अत्यन्त राम्रो र फलदायी कदम हुनेछ ।

उच्च अपेक्षा

नेपालबाट अष्ट्रेलिया अध्यायनका लागी आउने विद्यार्थीले  आखामा निकै ठुलो सपना सजाएर आएको हुन्छ । प्रारम्भको  यथार्थ उसले देखेको सपनाभन्दा निकै पर हुन्छ । गैर आवाशिय नेपाली संघले यसरी उच्च अपेक्षा लिएर अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थीलाई ‘अपेक्षा व्यवस्थापन’ का लागी केही गर्न सके विद्यार्थीमा हुने डिप्रेसन ५०% ले घट्ने थियो ।

भाषागत समस्या

विद्यार्थीले भोग्ने अर्को प्रमुख समस्या भाषागत हो । अग्रेजी जानेपनि उच्चारणमा हुने फरकका कारण भाषा बुझ्न निक्कै कठीन हुने गर्छ । नेपालमा परामर्षदाताहरुसँग सहकार्य गरी गैर आवाशिय नेपाली संघले अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुलाई यहाको उच्चारण बारे पहिल्यै जानगारी र अभ्यस्त गराउने सके निकै राम्रो हुने देखिन्छ ।

नौलो र खुला संस्कृति

यहांको संस्कृति हाम्रो भन्दा पृथक र खुला छ । कुनैपनि विद्यार्थी अष्ट्रेलिया आइसकेपछि परिवारीक बन्धनबाट मुक्त भएको हुन्छ भने यहाको खुला संस्कृतिका कारण १८ बर्षमाथिको जो कोहीले पनि पब्- क्यासिनोमा सहज पहुच पाउछ । यदी विद्यार्थी अपरीपक्क र त्यस्तै परिवेशबाट आएको छ भने सहजै कुलतमा फसेर अाफ्नो जिन्दगी र परिवारको सपना दुवैलाई दाउमा लगाउन सक्छ । तसर्थ, गैर आवाशिय नेपाली संघले यसबारेमा समेत खुलेर केही गर्नपर्ने देखिन्छ ।

यसका अलावा  गैर आवाशिय नेपाली संघमा विद्यमान नेपाली शैलीका कारण उसको मातहतमा रहने यो फण्डमा पनि नेपाली संस्कृति हावी भइ नातावाद/कृपावाद का कारण आवश्यकताका आधारमा भन्दा पंहुचका आधारमा वितरण हुने हो कि भन्ने त्रासपनि छ । गैर आवाशिय नेपाली संघले पुराको संस्कृतिको निरन्तरतामा क्रमभंगता गर्दै सबैलाई उक्त कोषबाट आवश्यकताका आधारमा मात्र रकम वितरण हुन्छ भन्ने प्रतिवद्दता जाहेर गर्दै उक्त प्रतिबद्दता पुरा गर्नुपर्ने दायित्व पनि छ ।

नेपालमा भुकम्प गएको पनि एकवर्ष वितिसकेको छ । तत्कालिन राहतमा एनआरएनएको प्रभावकारिताको प्रवासि नेपालीहरुले सह्राना गरेको भएपनि पुन:स्थापनाको कामबाट खासै खुसी हुनपर्ने अवस्था रहेको देखिदैन । सिताराम कट्टेल र उनकी श्रीमतिमात्रको अगुवायीमा उनिहरु एउटा बस्तीको सफलनिर्माणपछि दोस्रोमा प्रवेश गरिसकेको अवस्थामा त्यत्रो स्थापित संयन्त्र र श्रोत रहेको भनिएको गैर आवासिय नेपाली संघले काम शुरुपनि गर्न नसक्नुले गैर आवाशिय नेपाली संघप्रति प्रवासि नेपालीहरुको विश्वास ह्वात्तै घटाइदिएको छ । प्रभावकारी रुपमा चाडै काम गर्नसकेकाले दोष धुर्मुस-सुन्तलीकै होला तर जन मानसमा केहि शंका गर्नसिकेने ठाँउहरु जन्मिसकेकाले संस्थाको साख गिर्न नदिन वर्तमान पदाघिकारीहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Advertisements

Leave a Reply