भगवानको भेषमा ठगी गर्ने महामहिम, उसको कर्तुत सार्बजनिक गर्नेलाई ‘साइवर क्राइम’

Thag९ मे २०१६, काठमाण्डौ- नेपालमा ‘ठुलालाई चैन, सानालाई ऐन’ को विरुद्दमा करिब १ शताब्दिदेखि संघर्ष भएरहेछ तैपनि अझै ‘ठुलालाई चैन, सानालाई ऐन’ भन्ने उखान चरिलार्थ भएको हामीले थुप्रै देख्न पाउछौं । यसको पछिल्लो उदाहरण हो पत्रकार भद्रगोल किरातीका नामले चिनिने मनोजकुमार राइको गिरफ्तारी । मनोजकुमार राइ गाउले मासिकका प्रकाशक/सम्पादक हुन भने सानै उमेरदेखी सामाजीक विसंगतिविरुद्द लड्ने उनको स्वभाव हो । सोलुखुम्बु र झापामा अनेकौ स-साना सामाजीक विसंगतिहरु विरुद्द लडेका राईले केही समयअघिदेखी ‘गाउँले’ नामको मासिक पत्रिका प्रकाशन एवं सम्पादन गर्दै आइरहेका छन । 

देशको चौथो अंग भएका कारण उनले विना तलबको ‘अनुसंधानकर्ता’ का रुपमा अाफुलाई भगवानको भेषभित्र लुकाई जनतालाई दिग्भ्रमित पार्दै हिड्ने एक ठग हत्यारासमेत भएको रहस्य पत्ता लगाएका थिए । यसैको पुरस्कारस्वरुप गृहमन्त्रालयको ढाडो आदेशमा उनलाई गिरफ्तार गरि हिरासतमा लिइएको बूझिएको छ । “आफुलाई भगवान भन्दै मान्छे मारेर हिड्ने हत्याराले बाडेको सिने गृहमन्त्रालय अन्तरगतका केही कर्मचारीले खानपाएको भान हामीलाई भएको छ । तर नेपाल सरकारका सबै कर्मचारी सिनोमा जात नफ्याल्ने भएका कारण मनोजले न्याय पाउने कुरामा आशावादी छौ ।” किराती निकट उनका एक शुभचिन्तकले भने ।

Godकिरातीले भारतको दार्जिलिङसम्म गई अध्यायन र अनुसान्धान गरि ‘गड एञ्जल” भनि आफुलाई चिनाउने ठग भक्तबहादुर राईको सम्पुर्ण कर्तुतहरुको सँगालोस्वरुप दुइ पुस्तकहरु लेखिसकेका छन ।

 

Advertisements

Leave a Reply