असल छिमेकि- खराब छिमेकि

                                               मिलन दाहाल

२६ मार्च २०१६, एडिलेड – नेपालको राजनितिमा निकै ठुलो उतार चढाव आइसकेको छ । विकासको मुख्य बाधकका रुपमा दलहरुले चित्रण गर्ने गरेको राजसंस्था ठलेको पनि करिब  दशक हुनै लागेको छ । दलहरुले चित्रण गरेअनुसार विकासको वाधक साच्चै राजसंस्था हुन्थ्यो भने विकासको विहानीहरु कतै-कतै देखा पर्न थाल्नुपर्ने हो । रकेट साइन्सको जमानामा भुकम्पले थलिनासाथ हामी दुइ उदयीमान राष्ट्रहरुको बिचमा टुकि बालेर दाउरामा भात पकाएर खाने अवस्थावाट गुज्रियौ । यसबिच जलस्रोतको विश्वकै दोस्रो धनी देश भएर पानीको काकाकुल देशले नाकाबन्दी गर्दापनि  उसँग ‘बार्गेनिङ’ गर्न नसकेर याचना गर्दै उसकै दया पर्खेर बस्न बाध्य भयौं । उसको कुदृष्टियुक्त नाकाबन्दीको हाम्रै भाईहरुले समर्थन गरेर देशको झण्डासम्म जलाउदापनि हामीसँग उनीहरुलाई आखा देखाएर सही बाटामा ल्याउनसक्ने क्षमता रहेको समेत देखिएन । हामीले एक देशको कार्ड अर्कालाई देखाएर तर्साउनपर्ने हाम्रो दरिद्रदा आखिर कहिलेसम्म ?

जसरी हामीले हाम्रो स्वार्थबारे मात्र सोच्छौं, ठिक त्यसैगरि चीन र भारतले पनि उनीहरुको स्वार्थ सोचिरहेका हुन्छन् । भारत हामीभन्दा करिब २२ गुणा ठुलो छ भने चीन करिब ६६ गुणा । सन् २०१४ को तथ्यांक हेर्दा चीनको कुल ग्रहस्थ उत्पादन १,८०,८८,०५४ मिलियन अमेरिकी डलर छ भने भारतको ७४,११,०९३ मिलियन अमेरिकी डलर रहेको छ । भारतको कुल ग्रहस्थ उत्पादन त्यहि वर्षको नेपालको भन्दा ११० गुणा बढी छ र चीनको २७८ गुणा बढी रहेको छ । कुल ग्रहस्थ उत्पादनका हिसाबले २०१४ मा विश्वका १८८ मुलुकमध्ये चीन सबैभन्दा अगाडि रहेको छ भने भारत तेस्रो स्थानमा छ र नेपाल धेरै पछाडि अर्थात ९५ औं स्थानमा रहेको छ । हामीले भारत र चीनलाई एकअर्काको कार्डमात्रको भरमा ठेगान लगाउछु भनेर सोच्नु भनेको अबका दिनमा दिवास्वप्नमात्र हो ।

हामीबिच चुनौतीहरु प्रशस्त छन् । हामीसँग समुद्रसम्मको सिधा पहुच छैन, भौगोलिकरुपमा सबैठाउँमा बाटाघाटा लैजान सहज छैन, आत्मिय रुपमा हामी विभाजित छौ, द्वन्दले देशलाई सखाप पारेको छ, मुटुमुटुमा हामी घृणा बोकेर हिडेका छौ आदि । तर त्यसभन्दा बढी हामीसँग अवशरहरु छन । हामीसँग विश्वको धेरै देशहरुभन्दा बढी पानी छ, जुन अवको ३० बर्षपछि सबैभन्दा बढि मुल्यमा बिक्छ । हामीबिच राजनितिक पर्खाल छ, तर युद्दले कहि पुग्न सकिदैन भन्ने कुराका पर्याय बाबुराम-प्रचण्डहरु हाम्रा सामुन्नेमा छन् । घृणाले पाईने केहि होइन भन्ने कुरा धेरैले  बुझिसकेका छौ, र केहीले निकट भविष्यमा बुझिसक्ने छौं ।

भारतका सम्भावित स्वार्थहरु

भारत र नेपालका जनताका बिचमा युगौदेखिको सुमधुर सम्बन्ध रहिआएको छ र यसलाई राष्ट्रियस्तरको सानोतिनो उतारचढावले खासै असर पार्दैन । जनताविचको यो सम्बन्धलाई भारतले भरपुर उपयोग गर्दै नेपालको भुमी हरेकदिन दुइगुणा र हरेक रात चौगुणा मिचिरहेको छ । हरेक रात सिमास्तम्भहरु हराईरहेको छन र हरेको बिहान सिमास्तम्भहरु नेपालतर्फ बढिरहेका छन । कालापानीमा त भारतीय सेनाको क्याम्पनै राखेर त्यो नेपालको भुमी भएको कुरालाई भारतले इतिहास बनाइदिएको छ भने केही बर्षअघि ‘मनोज पण्डित’ले ‘ग्रेटर नेपाल’ नामको बृत्तचित्र निर्माणका लागि गरेको अध्यायनमा पुर्व मेचीको पशुपति नगरदेखी पश्चिम नेपालको कालापानी सम्म ५४ बढी ठाउमा सिमा मिचेको बृत्तचित्रमा देख्न सकिन्छ जसले बृत्तचित्र खिच्दाको दिनसम्म करिब ६०० बर्गकिलोमिटर क्षेत्रफल सिमा मिचिएको पाइएको छ ।

भारतको आर्थिक बृद्दिसँगै जनसख्या बृद्दिदर पनि आकाशिइ रहेको छ । सन् २०१५ को तथ्यांकलाई हेर्ने हो भने कुल जनसंख्या करिब १ अरव २९ करोड रहेको देखिन्छ र जनसंख्या बृद्दिदर १.३४ प्रतिशत रहेको छ । यो अनुपातमा बढिरहेको जनसंख्यालाई शुद्द खानेपानीको मात्र व्यवस्था गर्न सक्नु पनि भारतका लागी केहि दशकमा ठुलो चुनौति भएर जाने कुरा निश्चित छ । उनिहरुका लागि जलविधुत, खाध्यान्नका लागी सिंचाइ इत्यादी त आकाशको फलनै भएर जानेछन् । नेपाली जनता राजनितिक, आर्थिक र शैक्षिक रुपमा हरेक दिन छलाङ मारिरहेछन् । विदेशमा पनि नेपालीहरुको राम्रै पहुच स्थापना हुन थालिसकेको छ । नेपाली राजनितिमा शैक्षिक जनशक्ति आउनु अगावै नेपालको केही ‘मन्दबुद्दि’ राजनितिमा लागेका र जनजातीहरुलाई उक्साएर नेपाललाई भुटानजस्तै भारतको ‘पोपेट’ बनाउनु मोदी सरकारको मुख्य लक्ष रहेको थियो । मोदीले हरेक साम, दाम, दण्ड र भेदको प्रयोग गरेर नेपालको जलस्रोतको तालाचाबि आफ्नो हातमा लिने प्रयास गर्यो । युदमा कौसल वीर नेपालीले बौदिकताको प्रयोग गरेर आर्थिकरुपमा देश जर्जर रहदापनि भारतको त्यो कदममा उसलाई परास्त गरिछाड्यो । तर, भरतले यस्ता प्रयासलाई जारी राख्ने छ । किनभने भुटान ‘पोपेट’ बनिसक्यो । अरु छिमेकिलाई छुनसक्ने अवस्था छैन । नेपालमा केहीले भारतको चाल बुझिनसकेकाले उनिहरुको माध्यमबाट नेपालमा अस्थिरता जारी राख्ने प्रयास भारतले उसले सकुञ्जेल गरिरहने छ । नेपालमा बिगत लामो समयदेखिनै भारतले असन्तुष्टहरुलाई प्रयोग गरेर नेपालमा अस्थिरता प्रयोग गरिरहेको कुरा कसैको आखाबाट छिपेको छैन । २००७ सालमा नेपाली काग्रेसलाई साथ दिएर अस्थिरता ल्याउन शुरु गर्यो । चाहेको शक्तिलाई पराष्त गरिसक्नेबित्तिकै नेपाली काग्रेस राष्ट्रिय शक्तिमा रुपान्तरित भैदियो । त्यसपछि कम्युनिष्ट शक्तिहरुलाई बलियो बनाउदै लैजाने नीति भारतले लिएको देखिन्छ । २०२८ सालमा झापा बिद्रोहदेखी सतहमा आएका कम्युनिष्टहरु २०४७ सम्म आइसक्दा पुर्णरुपमा राष्ट्रिय शक्ति बनिसकेका थिए । त्यपछि सन १९९३ मा प्रमुख कम्युनिष्ट नेता मदन भण्डारीको हत्या गराएर पुन कम्युनिष्ट आन्दोलनलाइ बिचलित गराएर नेपालमा अस्थिरता कामय गर्ने प्रयास गर्यो र राजनितिक रुपमा असन्तुष्ट बाबुराम-प्रचण्डलाई भरपुर सहयोग गरेर देशमा गृह युदकै अवस्था सिर्जना गरायो । विक्रम सम्वत २०५८ सम्म आइपुग्दा गरिबि र कुसशासनले थिचिएका जनताको साथमा मओवादी समानान्तर सरकारसम्मको शक्तिको रुपमा बढेर गयो । राजा बिरेन्द्रको दुरदर्शितासँग चीर-परिचित भारतले नेपालको साचो आफ्नो हातमा लिनका लागि हरेक अवस्थाहरुमा राजसंस्थालाइ वाधकका रुपमा वि.स. १९८५ तिरदेखि बुझ्न थालिसकेको थियो र नेपालबाट राजसंस्थालाई हटाउने षड्यन्त्रको पनि तानावुना सगै बुनिरहेको थियो । माओवादी आन्दोलन शुरु भएको करिब ७ बर्षमा भारतले माओवादी आन्दोलन मात्रको भरमा नेपालबाट राजसंस्था हटाउन नसकिने निष्कर्षमा पुग्यो र राजसंस्थाको जरालाई नै धमिरा लगाउने उपायहरुको खोजी गर्न थाल्यो । त्यसैको प्रतिफलस्वरुप दरवारनजिकका केहि मानिसहरुलाई हातमा लिएर पहिलेदेखीनै जनताले नरुचाएका ज्ञानेन्द्रको परिवारमात्र बाच्नेगरी ज्ञानेन्द्रकै समर्थनमा (ज्ञानेन्द्रलाई राजा बनाउने लालचा देखाउदै) दरवार हत्याकाण्डको योजना बनायो । त्यसपछि ज्ञानेन्द्र राजा त भए तर नेपालमा राजसंस्थाको जग हल्लिसकेको थियो । भारतकै भरपुर सहयोग र समर्थनमा राजा बनेको भएपनि ज्ञानेन्द्रले भारतको स्वार्थका लागि देशसँग गद्दारी गर्न चाहेनन्, फलस्वरुप नेपालबाट राजसंस्था हटेर गयो । नेपालबाट राजसंस्था हटेर गइसक्दापनि सत्तासिनहरुले भारतको पुर्ण स्वार्थमा काम गर्नसक्ने वातावरण कहिल्यै बनेन । एकताका भारतको खुफिया एजेन्सि “रअ” सँग निकट रहेर काम गरेका केपी ओली प्रधानमन्त्री भएपछि भरतले उनिबाट राष्ट्रघातको निक्कै ठुलो अपेक्षा गरेको थियो, तर प्रधानमन्त्री बनिसकेपछि उनले आफुले ‘रअ’ समिप रहेर काम गर्दा प्राप्त गरेका सम्पुर्ण अनुभवहरुलाई नेपालको फाइदाका लागि उपयोग गरे र नेपाललाई ठुलो श्रापबाट जोगाए, जसको उच्च मुल्यांकन इतिहासले गर्ने नै छ । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला भारतका बिरुद बोल्दा देशलाई ठुलो घाटा हुनसक्ने भयका कारण जिवनभर चुप बसेरै मृत्युवरण गरेको अवस्थामा अर्का कम्युनिष्ट नेता प्रचण्डले भारतका बिरुद्दमा खुलामञ्चमा उभिएर निडर भइ भाषण गर्नसके । त्यो नै उनको जिवनको ठुलो उपलब्धि हो ।

भारत अझैपनि चुप लागेर बस्नेवाला छैन । उसका गोटी बन्नसक्ने अझैपनि थुप्रै शक्तिहरु नेपालमा छन । उनीहरुपनि एकपटक भारतबाट संचालन नभइ रहन सक्नेछैनन् । किनभने नेपालका सबै शक्तिहरु त्यहि बाटोबाट गएका छन । नेपालमा हाल शक्तिमा रहेका कुनैपनि दलसंग ति शक्तिहरुलाई रोक्न सक्ने साहस छैन्, किनभने उनिहरु आफै बिगतमा त्यहि गलत बाटो हिडिसकेका छन । हामीले तिनीहरुले पनि आफैले यथार्थवोध गर्ने दिन कुर्नुको कुनै बिकल्प छैन् । यसबिचमा हामीबाट भएका केहि भुलहरुलाई भने हामीले सुधार्नैपर्ने हुन्छ ।

चीनिया स्वार्थ

चीन विशाल छ, प्रगतिशिल छ । यो कुरालाई नकार्न सकिन्न । चीनसँग हरेक हिसाबले हामी टाढै छौं । स्पष्ट शब्दमा भन्नुपर्दा चीनसँग हामीले त्यति नजिक रहेर इतिहासमा कहिलेपनि ब्याबहार गरेका छैनौ । तसर्थ, चीनलाई हामीले “साधु” ठान्ने दुरचेष्टा गर्यौभने हामी सानो देशका लागी त्यो निक्कै घातक हुनेछ । हाम्रो देशको कुलजनसंख्या जत्रो सेना भएको र विश्वको सवैभन्दा बढी कुल ग्रहस्थ उत्पादन भएको चीनले हाम्रो अस्तित्वमाथी धावा बोलेको दिन हामीलाई त्यहि भारतको साथ चाहिने छ । इतिहासले स्पष्ट पारिसकेको छ, चीनले त्यसोपनि गर्न सक्छ । किनभने चीनले तिब्बत खाएको छ, हङकङ खाएको छ ।

त्यहि तिब्बतलाई फिर्ता लिनका लागि दलाइलामाहरु निर्वासनबाट प्रयासरत छन । तिब्बत फिर्ता लिनका लागी चीनमा राजनितिक गतिविधी बढाउनुपर्ने हुन्छ त्यसका लागी नेपालमात्र सम्भाव्य ठाँउ हो । चीनका विरुद् नेपाली भुमी प्रयोग नहोओस् भन्ने चीन चाहान्छ भने भारत अमेरीका लगायतका राष्ट्रहरु कुनैपनि हातलमा नेपालको प्रयोग गरेर चीनलाई कमजोर बनाउन चाहन्छन् । पश्चिमा राष्ट्रहरुका लागि नेपाललाई राजनितिक कृडास्थल बनाउन नेपालको गरिबि हतियार हो र यसलाई निवारण भएको उनिहरु हेर्न चाहान्न । चीनको सबैभन्दा ठुलो टाउको दुखाइ भनेको भारत र पश्चिमाहरुको नेपालमा उपस्थिति नै हो ।

हामीले आफु आफु लडेर अन्य देशको कार्डहरु प्रयोग गरिरहनुभन्दा मिलेर छिटो भन्दा छिटो आर्थिक बिकाश गर्दै समुन्नतिको बाटोमा आफुलाई हिडाउनु नै सबैभन्दा वुद्दिमानी ठहर्नेछ ।

Advertisements

Leave a Reply