ताजा खवरहरु:

आइएसले फेरी कब्जा गर्यो सिरियाली सहर, ४ सय सर्वसाधारणको अपहरण

आइएसकाे कब्जामा सिरियाली सहर, ४ सय सर्वसाधारणको अपहरण१८ जनावरी २०१६, दमास्कस–आतंकवादी संगठन आइएसले सिरियाको पूर्वी सहर डेर इजोरमा अक्रमण गरी ४ सयभन्दा बढी सर्वसाधारणको अपहरण गरेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइएस सो इलाकामा कब्जा गरेपछि चारसय भन्दा बढी सर्वसाधारणको अपहरण गरेका हुन्।

सो आक्रमणमा कयौं मारिएको हुनसक्ने आशंका गरिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसी वायुसेनाले गत सेक्टेक्बरदेखि आइएस विरुद्ध आक्रमण गरिरहेको छ। बेलायतस्थित सिरियिन अबजर्वेटरी फर ह्युमन राइट्सले आइएसले सो आक्रमणमा कम्तिमा १३५ जनाको हत्या गरेको जनाएको छ। मृतकमध्ये ८५ सर्वसाधारण र ५० सरकार समर्थक सैनिक रहेको सो संस्थाले जनाएको छ। अनुगमन संस्थाका प्रमुख रमी अब्देल रहमानले अपहरणमा पर्ने सबै सुन्नी समुदायका भएको त्यसमा पनि महिला, बच्चा र सरकार समर्थित सैनिकका परिवारजन रहेको बताए।

उनीहरुलाई आइएसको नियन्त्रण भएको अन्य इलाकामा लगिँदै गरेको बताइएको छ। सो आक्रमणमा आइएसतर्फ ४२ जनाको मृत्यु भएको छ। भीडन्त अहिलेपनि जारी रहेको संचारमाध्मले जनाएका छन्। सरकार समर्थित सैनिकले रुसी हवाइ आक्रमणको सहयोगबाट विद्रोहीले कब्जा गरेको इलाका फिर्ता गर्ने प्रयासमा रहेको संचारमाध्यमले जनाएका छन्। सिरियाली सरकार नियन्त्रित संचारमाध्यमले एसएएनएले अहिलेसम्म तीन सय नागरिककाले आइएसले हत्या गरेको र त्यसलाई जनसंहारको संज्ञा दिएको जनाएको छ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading