ताजा खवरहरु:

झापाली समाज अष्ट्रेलियाको क्रुज पार्टी भब्यताका साथ सम्पन्न

१८ जनावरी २०१५, सिड्नी- झापाली समाज अष्ट्रेलियाले नयाँ वर्ष २०१६ को अवसरमा  आयोजना गरेको क्रुज पार्टी सिड्नीमा भब्य रुपमा सम्पन्न भएको छ । पार्टी शनिबार साँझ सिड्नीमा आयोजना गरिएको थियो । क्रुज पार्टीबाट संकलित रकम झापाल जिल्लामा शिक्षा विकासका लागि खर्च गर्ने योजना झापाली समाजले यसअघि नै सार्बजनिक गरिसकेको छ ।

झापा जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने  नेपालीहरुले आयोजना गरेको क्रुज पार्टीमा  ४ सय बढीको सहभागिता रहेको थियो ।  क्रुज पार्टीमा  अन्य जिल्लाका शुभचिन्तकहरुको  समेत राम्रै उपस्थिती रहेको थियो। कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल लगायतका पदाधिकारीहरु तथा एनआरएनका पूर्वअध्यक्ष महेन्द्र ओली पनि सहभागी थिए । पार्टीका क्रममा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले झापामा आफैं पुगेर स्थलगत अध्ययन गरेपछि त्यहाँको शिक्षाका निम्ति केही गर्नुपर्ने भावना आफुमा आएको बताए । यसका लागि विभिन्न दस वटा विद्यालय छनोट गरी तिनमा अध्ययनरत विद्यार्थीहरुको निम्ति सहयोग गर्ने अभियान अघि बढाइएको जानकारी उपस्थितहरुलाई दिईयो भने निकट भबिष्यमा थप दस विद्यालयलाई आर्थिक सहयोग गर्ने योजना पनि सार्बजनिक गरियो ।

 कार्यक्रममा हाँस्य अभिनेता भुपेन्द्र चुडालले आफ्नो प्रस्तुति दिएका थिए भने बालबालिकाहरुको निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष दिपक चुँडालले दोश्रो पुस्तासम्म पनि झापाली एकतालाई अझ मतबुत बनाउन यस किसिमको कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताए । डिजे सेसनमा विभिन्न नेपाली गीतमा सहभागीहरुले मनोरञ्जन लिएका थिए । कार्यक्रम करिब ४ घण्टा चलेको थियो । पछिल्लो समय नेपाली समूदायमा क्रुज पार्टी आयोजना गर्ने क्रम बढेको छ । स्टार टुर्सले नयाँ वर्षको पूर्वसन्ध्यामा क्रुज पार्टी गरेको थियो भने अब अर्को साता नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले पनि क्रुज पार्टीको आयोजना गरेको छ ।

खनालले क्रुज पार्टीलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

अष्ट्रेलियामा निकै प्रभावकारी रहेको झापाली समाजको सिड्नी र मेलवर्न च्याप्टर खुलिसकेको छ भने एडेलेड लगायतका अन्य शहरमा समेत यसको शाखा बिस्तारको तयारीमा रहेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading