ताजा खवरहरु:

अष्ट्रेलियासँग फेरी हार्यो भारत

१५ जनावरी २०१५, एडेलेड- अस्ट्रेलियाले दोस्रो वान डेमा शुक्रबार भारतलाई सात विकेटले हराएको छ । यससँगै अस्ट्रेलियाले पाँच वान डेको सिरिजमा २–० को अग्रता लिएको छ ।

पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । त्यसमा रोहित शर्माले १ सय २४ रन बनाए । सिरिजमो उनको यो लगातार दोस्रो शतक हो ।

जवाफमा अस्ट्रेलियाले ४९ ओभरमा तीन विकेट गुमाएर ३ सय ९ रन बनायो । अस्ट्रेलियाका लागि एरोन फिन्च र सन मार्स दुवैले समान ७१ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे । खेल ब्रिसबेनको द गावा स्टेडियममा भएको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading