ताजा खवरहरु:

कति कमाउछन ऋषी धमला ?

Dhamala१४ जनावरी २०१५, काठमाण्डौ- ऋषी धमला नेपाली पत्रकारीका क्षेत्रमा जुनसुकै कारणले भएपनि परिचीत नाम हो । विहान ५ वजेपछि राती अवेरसम्म धमला काममै व्यस्त हुने बुझिएको छ । टेलिभिजनका पर्दामा नेताका

अघिपछि पनि त्यत्तीकै देखिन्छन उनि ।  रेडियोदेखि टेलिभिजनसम्म धमलाकै चर्चा हुन्छ । यतिसम्म कि धमलाको हमला भन्ने कार्यक्रमले त चर्चा पनि निकै वटुलेको पाईन्छ । सवैसंग सहजै प्रस्तुत हुने मिलनसार धमलाको मासिक कमाई कति छ त धेरैको चासो हुनसक्छ । सुरुमा जब न्युजसेवाले धमलाको मासीक आम्दानी अर्थात कमाई जान्न खोज्दा वताउन चाहेनन तर अन्त्यमा वताए र भने मेरो मासिक आम्दानी ५० देखि ६० हजार हो । त्यसो भए धमलाको पहिलो तलब कत्ति थियो त ? धमला भन्छन, २०४६ सालमा समालोक भन्ने पत्रिकामा काम गर्दा १२ सय पाएको थिएँ । रिपोर्टर्स क्लवको अध्यक्ष समेत रहेका धमलाले ६० हजार कमाएर घरमा कत्ति दिन्छन त ? उनी भन्छन–” घरमा एकरुपैया दिन सक्दीन ।” उनले हास्दै थपे “त्यसैले वुढीले हैरान पार्छे ।”  धमलाले नाम त कमायो तर दाम कमाएन भन्ने ठुलो गुनासो भन्ने उनकि बुढीको गुनासो भएको सुनाउछन । आफ्नो निजी सवारी साधन समेत नभएका धमालाको सवै पैसा साथीभाईलाई नै चिया खुवाउदा सकिन्छ भन्ने कुरा कतिसम्म सत्य हो त्यो भने दैवलाई नै थाहा होला । “दैनिक ३० देखि ४० कप चिया खुवाउछु, गाडीभाडा तिर्दातिर्र्दै सकिन्छ सवै पैसा” उनी भन्छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading