एक डलरको कथा

Miमिलन दाहाल नेपालमा पुन: एकपटक महाभुकम्प गएर सम्पुर्ण देश तहसनहस भएको थियो, काठमाण्डौको मुटुमा रहेको हाम्रो प्यारो घरहरा पुर्ण नष्ट भएबाट प्रवासमा बस्ने सबैले भुकम्पको क्षतिको अनुमान लगाएका थिए । मनहरु दुखेका थिए, आशुका मुहानहरु सुकेका थिए । त्यही सुकेको आंशुको मुहानले सहयोगका भावनाका मुहानहरु फुटाएका थिए । सबै दिन चाहन्थे, सकेसम्म । धेरैले सहयोगी मनले दिएपनि । कसैले आफ्नाहरु मार्फत सहयोग गरे । कसैले गैर आवाशिय नेपाली संघमार्फत त कसैले सरकार मार्फत । करिब अाठ महिना बितिसकेको छ, भुईचालोले तहसनहस बनाएको । जसको घर-परीवारमा क्षति पुगेको छ उनिहरुले बिर्सिन सक्ने कुरै भएन । सहयोग गर्नेहरुले भने भुईचालो गएको घटना बनेर मानसपटलमा छ कतै तर पिडाको अनुभुतीलाई करीव बिर्सिसके । तर, के हामीले बिर्सियौ भन्दैमा भुकम्प पीडितको घाउमा मल्हम लागेको होला त ?

हामीमध्ये कत्तिले आफुले गरेको सहयोग पिडीतसम्म पुगेको प्रत्याभुती गर्यौ ? कसैले सोधखोज गर्यौ कि गरेनौ ? संस्थाहरु मध्ये कत्तिले आफ्नो पारदर्सिता हामीमाझ पेश गरे ? कुन कुन संस्थासग हामीले पारदर्शिता माग्यौ ?

प्रवासमा भएका हामी सबै देशमा रहेको कुशासनको उपज हो । देश राम्ररी विकाश नभएको कारणले नै हामीले नागरीक हुनुको अधिकार प्रयोग गर्न नपाएर बिदेशिनु परेको हो भन्ने कुरासँग हामी कत्तिको जानकार छौं ? हामी पिडीतले यसबारेमा सबैभन्दा जानकार हुनुपर्ने हो । यत्तिका दुख पाएर पनि हामीले सचेत नागरीक हुन जानेका छौ कि छैनौ भन्ने कुराले हामी र हाम्रो देशको भविश्य देखाउछ । यदि हामीले गरेको सहयोगको पारदर्सिता हामीले खोज्दैनौ भने एउटा राम्रो शुरुवातको प्रारम्भ कहिले हुने छैन र हामी सदैव ढुलमुलमा बाँचीरहने छौ, तेस्रो विश्वको हेपिएको नागरीकको हैसियतमा । यदी हाम्रा अग्रजले यती बुझेर हिसाबकिताब मात्र मागिदिएका भए हामींमध्ये धेरैले स्वदेशमा सम्मानको जिन्दगी बचीरहेका हुनेथियौ र हाल हामी सचेत नहुने हो भने हाम्रा भावी सन्ततीमाथी विदेशीले शासन गर्नेछ, र सम्पुर्ण हामी त्यसका दोषी हुने छौ । भुकम्पका समयमा कति सहयोग आएको थियो त्यो एक लाटोले पनि सहजै अनुमान लगाउने कुरा हो । हामी हरेकदिन आज पत्र-पत्रीकाका मुखपृष्टमा जाडोका कारण भुकम्पपिडीतको मृत्यु भइको समाचार र भुकम्पपिडितको नाममा सरकारको खातामा जम्मा भएर परीचालन हुन नसकेको नब्बे अर्बका वारेमा पढिरहेका छौ । म यहा कुनै सस्था बिषेशको चर्चाभन्दा पनि प्रवृतीको कुरा गरिरहेको अवगत गराउन चाहान्छु ।

नेपालमा हज्जारौ घर भत्किएर लाखौ घरवारविहीन बनेका थिए । सबै भावनात्मक बनेको त्यस घडीमा एडेलेडमा मैले एउटा नया प्रस्ताव गरेको थिए एडेलेडबासी नेपालीहरुमाझ । चाहेको भए प्रस्ताव खासै गार्हो थिएन र हामी युगौसम्म एडेलेडबासी नेपाली भनेर गर्वका साथ नेपालमा हिड्न सक्ने थियौं ।  प्रस्ताव के थियो भने : एक नेपालीले दिनको १ डलरका दरले एक बर्षसम्म भुकम्पपिडितका नाममा जम्मा गर्दैजाने र एक क्षेत्रमा भुकम्पपिडितका लागी घरहरु बनाइदिने ।

अष्ट्रेलियामा बस्ने नेपालीका लागी यदी चाहने हो भने दिनको एक डलर भनेको कुनै गार्हो कुरा होईन ।  केवल मोटरमात्र सचेत भएर एकबर्ष चलाउने हो भने  कम्तीमा ४५० डलर जोगाउन सकिन्छ । बर्षमा ३६५ डलर भुकम्पपिडितलाई सहयोग गर्दा ८५ डलर सहयोग गर्नेलाई फाइदा हुन्छ । (४५० डलर रेडलाइट फाईन हो र ध्यान नदिई गाडी चलाएर गरेक नेपालीले करीब एकपटक फाइनमा पर्ने नै गर्छन ।)  चाहने मात्र हो भने अनेक तरीकाबाट यसरी रकम जम्मा गर्न सकिन्छ । महिनामा १.५ घण्टामात्र हामीले गरिरहेको कामभन्दा ज्यादा काम गर्ने हो भने पनि ३६५ डलर बनाउन सकिन्छ । मात्र २०० जना यसरी रकम जम्मा गर्न तयार पार्न सकेको भए बर्षमा ७३,००० डलर संकलन हुनेथियो । हालको एक्सचेन्ज रेटमा ७३,००० डलर भनेको ५३,२९,००० (नेपाली रू. त्रिपन्नलाख उनन्तीस हजार) हुन आउथ्यो । जसबाट करीव २० वटा घरहरु बनाउन सकिन्थो, बीस घर भनेको एउटा सानो गाउ नै हो । एडेलेडजस्तो करीब १,५०० नेपालीहरुको अावाधी रहेको शहरबाट एउटा सानो गाँउ निर्माण गर्न सकिन्छ भने सिड्नी, मेर्लवन जस्ता शहरहरुबाट धेरै गर्न सकिएला भन्ने मेरो योजना रहेको थियो तर सायद मैले मेरा कुरालाई उचीत तवरबाट राख्न सकिन । मेरो योजना योजना मै सिमीत रहन गयो । अष्ट्रेलियामा बसाई सुरक्षित गर्नु मुख्य प्राथमिकता भएको मान्छेलाई सामाजीक एडेण्डा बोकेर लामोसमय हिडिरहनपनि गार्हो हुने महशुस गर्दै आफ्नो योजनालाई केही समय स्थागीत गरेको थिए । मित्र तिर्थ खतिवडाले आदिबासी बाहुल्यता बारा, गोरखा र झापामा रहेका एक बिध्यालयहरुलाई सहयोग गर्का लागी यस्तैखाको योजनाको शुत्रपात गर्नुभएको कुराबाट खुसी नभएर रहन सकिन । उहाले दिनको साटो महिनाको १ डलर प्रस्ताव गर्नुभएको छ, यो झन सहज छ र आशा गरौ धेरै नेपालीहरुको सहभागीता यसमा रहने छ ।

हामी विश्वको दोस्रो बस्नलायक देशमा छौ आज, तैपनि प्रवाशमा हुनुपरेकोमा अधिकांस दुखेका छौ । हामीले हाम्रो देश बनाउनु छ । हाम्रा लागी अव संभव नहोस नि सही, हाम्रा भावी सन्ततीका लागी । राम्रा कामका लागी सबैले हातेमालो गर्नुपर्छ पर्छ । यही नेपालीपन हो । हामी हातेमालो नगरी रहनपनि सक्दैनौ किनकी मन त हाम्रो नेपाली हो ।

Advertisements

Leave a Reply