देश सम्पन्न बनाउन नागरिकको पनि कर्तब्य हुन्छ !

तिर्थ खतिवडा

आजको यो टुक्रा म हामि सबैको लागि लेख्दै छु । के हामी यसो गर्न सक्दैनौ भनेर प्रश्न र उत्तरको लागि लेख्दै छु । भन्नुहोला लेख्न र गफ गर्न त सजिलो छ तर काम गर्न गार्हो छ । तर मलाई लाग्दछ मिलाएर गफ गर्न पनि गार्हो नै छ अनि यो संसारमा सजिलो केहि पनि छैन । यो टुक्रा म आफ्नै लागि पनि लेख्दै छु । सदा झैँ आजको यो टुक्राको प्रतिक्रियामा आउने टिका टिप्पणी स्वागतयोग्य छन् । आजको यो टुक्रामा – हामी मिलेर के गर्न सकिन्छ; लेख्न खोज्दै छु ।

गन्थन:

म पनि सामान्य परिवारको एक सदस्य हु, म आज जे छु खुसि नै छु । मलाईकेहि गर्न नसकेकोमा कुनै गुनासो छैन किनकि म केहि न केहि गरिरहेको नै छु । म ब्यस्त पनि छैन खालि पनि छैन । जिन्दगी धेरै ब्यस्त या धेरै फुर्सद हुनुराम्रो होइन भन्ने मेरो बुझाइ हो । शिक्षाको माध्यमबाट सकारात्मक र दिगोपरिबर्तन हासिल गर्न सकिन्छ भनेर म बिस्वास गर्दछु । आफुमा भएको सिप,कला र ज्ञानलाई जगतको भलोको लागि पनि लगाउनु पर्दछ भन्ने मान्यताराख्दछु । आफ्नो हक र अधिकारको लागि आफै लड्नु पर्दछ, त्यो मेरो बुझाइ हो । म आफ्नो सुखको या नाफाको लागि अरुलाई दुखः दिन्न र जानेर अहिलेसम्म दिय जस्तो पनि लाग्दैन । भुलचुक लिने/ दिने अधिकार र कर्तब्य यौटासिक्काका २ टा पांग्रा हुन् जस्तो लाग्दछ मलाई तसर्थ म मेरो अधिकार खोज्दामेरो कर्तब्य पनि के हो भनेर यक पटक घोत्लिन्छु । आज यस्तै गन्थन गर्नेप्रयास हो ।

१. अवसर:

“Be who you are and say what you feel because those who mind don’t matter and those who matter don’t mind.” – Dr Seuss

अधिकांस नेपालीहरुले जस्तै सार्बजानिक बिध्यालयबाट मैले पनि अध्यन गर्ने मौका पाए । अहिले यति लेख्न सक्ने तत्कालिन सरकारको कृपाले नै प्राप्त भयको हो । मोटामोटी निशुल्क नै पढाइ सकियो मेरो । सरकारी बिध्यालय र बिस्वबिध्यालयमा कति नै पो शुल्क तिर्नु पर्दछ र, निशुल्क भन्दा खासै फरक नपर्ला । मलाई त्यो कहिल्यै पनि बुर्जुवा शिक्षा लागेन र अहिले पनि लाग्दैन । सरकारले म माथि लगानी गर्यो र खराब र असल छुट्याउन सक्ने बनायो  फलस्वरुप आज म खराब क्रियाकलापको खुलेर बिरोध गर्दछु सहि क्रियाकलापको । खुलेर समर्थन गर्दछु । गलतलाइ गलत भन्दा खासै नोक्सानी होला जस्तो लाग्दैन मलाई । कहिलेकाही गलत भानियका कुराहरु सहि हुन् पनि सक्दछन । यदि यसो भयो भने ……………………. ?

यौटै पाठ्यक्रम पढेर ग्राज्युट गरेका हामी सबैले फरक फरक अबसर प्राप्त गरेका छौ । हामी फरक फरक देशमा विभिन्न पेसामा सङ्लग्न छौ । निस्चय नै अवसर त पायका छौ । हाम्रो आर्थिक, सामाजिक , मानसिक र भौतिक स्तरमा निस्चय नै सुधार आयको छ । यस्तै अबसर प्राप्त गरेका केही साथीहरु मिलेर केही गर्ने अबसरको खोजिमा छु अब म । जसले दिर्घकालिन परिवर्तन ल्याउन मद्घत पुगोस । हामी के गर्ने भन्ने कुरा आपसी छलफलमा तय गर्न सक्दछौ शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक सरोकारको कुनै बिषय ।

२. कर्तब्य:

“There are two primary choices in life: to accept conditions as they exist, or accept the responsibility for changing them.” – Denis Waitley

यति गफ गर्न सक्ने बनाइदिय बापत अब सरकारको पनि ऋण तिर्नु पर्दछ जस्तो लाग्दछ मलाई | गफले बिचारमा र कर्मले बास्तबिक जिबनमा परिबर्तन ल्याउदछ । तसर्थ गफ र कर्म दुवै गर्न मन लाग्दछ मलाई, सकेको गरिरहेको छु । झन्डै २० बर्ष जतिको अल्लारे ठिटो हुदा जी. टि. जेड. भन्ने गैर सरकारी सस्थाको माध्यमबाट मैले बिकास के हो ? हामीले कसरि बिकास गर्न सक्दछौ ? सिक्ने अवसर प्राप्त गरे ।  परिभाषा सजिलो थियो

“आर्थिक, सामाजिक, मानसिक र भौतिक रुपमा आउने सकारात्मक र दिगो परिबर्तन नै विकास हो ।”

करिब १५ बर्ष अघि सिकेको त्यो परिभाषा अहिले पनि समय सापेक्ष्य नै लाग्दछ मलाई । सायद तेही भयर होला मलाई नेपालको शिक्षा बुर्जुवा जस्तो नलागेको ।

हामी ग्राजुएट भयका बिद्यालय र विश्वबिद्यालय अहिले जिर्ण हुदै छन् । नेपाल बसुन्जेल स्वास्थ्य उपचारको लागि प्रयोग गरियका अस्पताल अहिले स्रोत र साधन बिहिन हुदै गयका छन् | न त पेट्रोल छ न त बिधुत | न त बाटो राम्रो छ न त अस्पताल | मलाइ थाहा छ आफन्तहरु अभाबमा बाचिरहेका छन मेरा मात्रै होइन तपाईंहरुका पनि | पैसा जेनेतेने निस्कियला तर के सेवा उपलब्ध छ त ? पैसा त साधन मात्रै न हो साध्य त कहाँ हो र ?  मलाई लाग्छ सरकार संगै नागरिकको पनि कर्तब्य छ भौतिक संरचना निर्माण गर्न । तेहामाथी नेपाल सरकारको आर्थिक अबस्था नै कति बलियो छ र यकै पटक विकासे कामहरु गर्न । पैसा मात्रै भयन मन पनि चाहियो | के हामीले मन हुनेलाई जितायर पठायौ ? धेरै आशा भयो भने पनि निरासा !

मनै छुने डाडा, पाखा र हिमाल अहिले उजाडिदै छन् । बाताबरण प्रदुषित हुदैछ प्राकृतिक सन्तुलनको अभाबमा | तराइका उर्बर र समथर भूमिहरु मरुभूमि जस्ता देखिन थालेका छन | जमिनको उर्बरा शक्ति दिनहु घट्दो छ । रासायनिक मलको प्रयोग बिना उत्पादन सम्भब प्राय छैन | उचित रेखदेख, स्रोत र साधन अनि ज्ञानको अभाबमा । मलाई लाग्दछ, सार्बजानिक सरोकारका यस्ता बिषयहरुमा हामीले पनि चासो राख्नु पर्दछ ; यो हामी सबैको कर्तब्य हो । हामी पछिका हाम्रा सन्ततिहरुले हाम्रो भन्दा राम्रो जिबन भोग्न पाउनु पर्दछ । त्यो सम्भव नभय कम्तिमा पनि आज जे छ त्यो त उपलब्ध होस् । बिकास पनि तेही हो; दिगो अनि सकारात्मक | दिगो र सकारात्मक परिबर्तनले मात्रै बिकास सम्भव छ र त्यो उदेश्य प्राप्त गर्न आफुले सकेको सहयोग गर्नु पर्दछ । सहयोग गर्न चाहनेका लागि प्रेरणाको स्रोत बन्न सक्नु पर्दछ । भोलिको जिबन त कसले देखेको छ तर आजको जिबन सार्थक बनाउनु पर्दछ । म कहिलेकाही सोच्दछु, मैले पढ्न नपायको भए ? बिरामी हुदा उपचार नपायर बेडमा नै थलियको भए ………. ? तसर्थ आफुले सकेको सहयोग गर्नु हाम्रो कर्तब्य पनि हो । हामी मिल्ने हो भने यी समस्याको समाधान गर्न सकिन्छ ।

One day a man was walking along the beach, when he noticed a boy hurriedly picking up and gently throwing things into the ocean.

Approaching the boy, he asked, “Young man, what are you doing?”

The boy Replied, “Throwing starfish back into the ocean. The surf is up and the tide is going out. If I don’t throw them back, they will die.”

The man laughed to himself and said, “Don’t you realize there are miles and miles of beach and hundreds of starfish? You can’t make any difference!”

After listening politely, the boy bend down, picked up another starfish, and threw it into the surf. Then, smiling at the man, he said, “I made a difference to that one.” – Unknown

सबै नसकियला तर एउटा त पक्कै सकिन्छ | हो हामीले सयौ समस्या देखेका छौ, हामी एउटाको समाधान गर्न अग्रसर भयौ भने अरु ९९ जनाले बाकिको हेरचाह गर्नेछन | विश्वाश तेही राखौ |

३. के हामी नेपाली हौ ?

अहिले हामी संग नेपालको नागरिकता नहोला तर पनि हामी नेपालि नै हौ | हामी नेपाली होइनौ भन्दा अन्य देशका हाम्रा साथिले पत्याउदैन | हाम्रो बोलीचाली , लवाइ खवाई , रहनसहन आदि हेरेर उनीहरु हामीलाई अस्ट्रेलियन , अमेरिकन , डच आदि भन्नै सक्दैनन | तसर्थ हामी जहाँ बसोबास गरे पनि नेपाली नै हौ | विभिन्न बाद र बिचार , जात र क्षेत्रका आधारमा बाडियका हामि सबै नेपालि नै हौ | तसर्थ नेपालि मन लियर मिल्ने हो भने हामि धेरै गर्न सक्दछौ |

४. हामी मिलेर के गर्न सक्दछौ त ?

अहिले सम्म धेरै काम भयका छन ।  तर हामी जे जति गर्न सक्दछौ त्यो भने पक्कै पनि गरेका छैनौ । के गर्ने ? कसरि गर्ने ? कहिले गर्ने ? कसको नेतृत्वमा गर्ने ? यी भनेका गौण कुरा हुन् । गर्ने या नगर्ने भन्ने कुरा प्रमुख हो । यी कुरा किन गौण हुन् भने यो संसारमा धेरै राम्रा मान्छे छन्, विश्वास गर्न लायक मान्छे पनि छन् । नेतृत्व दिन सक्ने, योजना बनाउन सक्ने मान्छे छन् तर उनीहरुलाई सहयोग गर्ने या नगर्ने ?

जस्तै :

क) के हामी बिधुतिय समाधानको लागि मिलेर केहि गर्न सक्दछौ ?

ख) के हामी प्रदेश / बिकाश क्षेत्रको आधारमा कम्तिमा पनि १/ १ वटा सुबिधा सम्पन्न अस्पताल बनाउन सक्दछौ ?

ग) के हामी आफुले नै पढेका बिध्यालयको भौतिक संरचना या शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्न सक्दछौ ?

घ) के हामी ७५ जिल्लामा १ / १ वटा क्यम्युनिटि पुस्तकालय खोल्न सक्दछौ ?

ङ) के हामी जानकारी / सूचना मात्रै सेयर गर्ने भरपर्दो माध्यम बन्न सक्दछौ ?

च) के हामी उचित व्यक्तिलाइ मात्रै भोट हालेर संसदमा पठाउनुहोला भनेर आफना परिवारका सदस्यलाई कन्भिन्स गर्न सक्दछौ ?

छ) के हामी काम नगर्ने कर्मचारी या भ्रस्ट व्यक्तिलाई कारबाही गर्न बाध्य पार्ने गरि दबाब दिन सक्दछौ ?

ज) …………………………………………………………………….

झ)……………………………………………………………………..

यस्ता अनगिन्ति कामहरु छन् मिलेर गर्न सकिने | तर समस्या – हामी मिल्न सकिरहेका छैनौ | म नेपाली भन्ने ग्रुप यिनै बिसयहरुलाई मध्ये नजर गरेर कल्पना गरियको छ |

जय देश !
जय नेपाली !!

Advertisements

Leave a Reply