चर्चित गायक दीप श्रेष्ठ एडेलेड आउदै

२४ नोभेम्बर २०१५, एडेलेड- 'कति कम्जोर रहेछ भाग्य, तिम्रो सिउदो कोर्न सकिन....', 'म त दुरदेखी आए तिम्रो याद बोकेर..', 'गाउमा सायद पहिरो गयो कि....', जस्ता लोकप्रिय गीतका गायक दीप श्रेष्ठको सांगीतिक टोली आफ्नो सांगीतिक प्रस्तुतीका लागी साउथ अष्ट्रेलियाको ऐडेलेड आउने भएका छन ।
अष्ट्रेलियाको ‘पुन्य फाउण्डेशन’ नामको एक सामाजीक संस्थाले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा आफ्नो प्रश्तुती दिन गायक श्रेष्ठ र टोली आउन लागेका हुन । कार्यक्रम भर्खरै नेपालमा गएको भुकम्पका कारण टुहुरा हुन पुगेका वालवालिकाहरुको शिक्षामा सहयोग गर्नका लागी गर्नलागिएको पुण्य फाउण्डेशनले बताएको छ । कार्यक्रम Dom Polski Centre Adelaide (232 Angas St., Adelaide, South Australia 5000) मा साझ ५.३० बजेबाट प्रारम्भ हुनेछ भने प्रवेस शुल्क A$२५ रहेको छ । टिकट प्रवेशद्वारमै पनि लिन सकिने छ । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । थप जानकारीका लागी निम्न नम्बर हरुमा सम्पर्क गर्न सकिने छ ।
Til chan sapkota 0434 285 707
Shanti Ram Dhakal 0401 818 221
Prakash Dhamala 0415 783 611
Hari pokhrel 0435 739 424
श्रेष्ठले सिड्नी र मेर्लवनमा अाफ्नो प्रस्तुती दिईसकेका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस