सिड्नीमा पनि खुल्यो ‘अनेकस’ को शाखा
६ सेप्टेम्वर २०१५, एडेलेड- अष्ट्रेलियाको सिड्नीमा ने अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘अनेकस’ को शाखा खुलेको छ । प्रवासमा बस्ने नेपाली कलाकारहरुको यस संगठनको सिड्नी शाखा अष्ट्रेलियामा एडेलेडपछीको दोस्रो हो ।
सिड्नीमा बस्दै आएका नेपाली कलाकार एवं कलाप्रेमीहरुको उपस्थितिमाझ गत शनिबार रक्डेलमा अवस्थित थर्ड आई विस्ट्रोमा सम्पन्न एक भेलाले संस्थाको पहिलो कार्यसमिती चयन गरेको हो । पहिलो कार्यसमीतिको अध्यक्षका रुपमा ईश्वर पोख्रेल चुनिएका छन । यसैगरी उपाध्यक्षमा मनोज अधिकारी, महासचीवमा विज्ञान कँडेल, कोषाध्यक्षमा समिर आचार्य, सह-कोसाध्यक्षमा सबिता लामा तथा केन्द्रीय सदस्यहरुमा आषिस श्रेष्ठ, राज कुमार गोस्वामी, दिल तामाङ, किरण भन्डारी, किशोर आचार्य, अर्चना थापा, रबीन अधिकारी, संजीव पराजुली, सन्तोकि केसी, अजय राजवशी, शुभाङ्गी कोईराला, सुजाता उपाध्याय मानन्धर, यादव गैरे, दिनेश सापकोटा, ईन्द्र अधिकारी, राजीव भुसाल र केदार बरुवाल रहेका छन । यसका अलावा कार्यक्रममा बिभिन्न कलाकारले सांस्कृतीक प्रस्तुतीहरुपनि गरेका थिए ।
एडेलेडबासी झापाका रामकृष्ण निरौलाले पहिलोपटक अष्ट्रेलियाको एडेलेडमा भित्र्याउनुभएको अनेकसको हाल बिश्वका ३७ राष्ट्रहरुमा शाखा खुलिसकेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस