डा. केसीको समर्थनमा सिड्नीमा निकालियो र्याली
७ सेप्टेम्बर २०१५, सिड्नी- मेडिकल शिक्षामा भइरहेको ‘माफियाकरण’ को बिरुद्दमा १३ दिन अनशन बसेका डा. गोबिन्द केसीको समर्थनमा अष्ट्रेलियाको सिड्नीमा पनि नेपालीहरुले र्याली निकालेका छन । र्यालीमा उपस्थितहरुले डा. केसीको स्वास्थलाभको कामना गरेका छन भने, सरकारको निर्णको स्वागत गर्दै सरकारले डा. केसीले फेरी अनसन बस्नबर्ने बाताबरण आउनदिन नहुने बिचार राखेका छन ।
नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेका विकृतिका विषयलाई लिएर छैटौ पटक आमरण अनसन बसेका डा. गोविन्द केसीको समर्थनको लहर प्रवासमा पनि उस्तै देखियो। शिक्षा र स्वास्थ्य क्षेत्रका विकृति अन्त्य गरी गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम जनताको सर्वसुलभ र सहज पहुँचको सुनिश्चित गर्न पटकपटक आवाज अठाउदै आएका केसीको समर्थनमा सिड्नीका प्रवासी नेपालीले प्ले कार्ड सहित प्रर्दशन गरेका थिए।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस