ताजा खवरहरु:

एडेलेड नेपाली समाज र एडेलेड नेपाली महिला संधले तीज कार्यक्रमको आयोजना गर्दै

२ सेप्टेम्बर २०१५, एडेलेड- एडेलेड नेपाली समाजले गैर आवाशीय नेपाली संघ, साउथ अष्ट्रेलियाको समन्वयमा एडेलेडमा हिन्दु नारीहरुको महान उत्सव   'तीज' कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १४ सेप्टेम्बर २०१५ सोमबारका दिन Goodwood Community Center (32-34 Rosa Street, Goodwood, SA 5034) अपह्रान्न ३ बजेदेखी हुने बताईएको छ । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, नेपाली खाना, राफ्फललगायतका बिभिन्न आकर्षण रहने छन ।

 साथै सेप्टेम्बर १६ बुधबार, हरितालिका तिज को दिन गणेश मन्दिर (3A Dwyer Rd. Oaklands Park SA 5046) मा दिउसो २ बजे पछि दिदीबहिनीहरुको लागि पुजाआजा र रमाइलो नाचगान गर्ने व्यबस्था पनि गरिएको समाजका सचीव अशोक केसीले अनलाईन एडेलेडलाई बताउनु भयो । कार्यक्रममा एकजनाका लागी $१० र परीवारका लागी $२० को टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमलाई एडेलेडका सम्पुर्ण संस्थाहरुको सहयोग रहेको बताईएको छ ।

यसैगरी एडेलेड नेपाली महिला संधले पनि हरीतालिका तीजको अवशरमा कार्यक्रमको आयोजना गरेको बुझिएको छ । कार्यक्रम सेप्टेमबर १२ शनिबारका दिन North Adelaide Community Center मा हुने जनाईएको छ । महिला संगले गर्ने कार्यक्रमको आकर्षणहरुमा मेहन्दी, फेस पेन्ट, नेल पेन्ट, DJ, नृत्य लगायतका हुने छन । कार्यक्रमका लागी $२० प्रतिब्याक्ती प्रवेश शुल्क लाग्ने छ।   यस कार्यक्रमलाई पनि सम्पुर्ण संघसस्थाको सहयोग रहेको भनिएको छ ।  एकै कार्यक्रम किन दुई संस्थाले आयोजना गरेका भन्ने प्रशनको जवाफमा एडेलेड नेपाली समाजका सचीव अशोक केसीले छलफल गरि महिलाहरुको व्यस्तता र स्थान लाई मध्यनजर गर्दै एउटा बिदाको दिनमा र अर्को काम हुने दिनमा र साउथ र नर्थ मा आयोजना गर्न लागिएको बताए।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading