ताजा खवरहरु:

नन्दिता र केकीले अमेरीका तताउदै

केकी र नन्दितावाशिंगटन डिसी– आगामी अगस्ट २२ दिन न्युयोर्कमा हुने पाँचौं मिस नेपाल-युएस (नेपाल अमेरिका सुन्दरी ) प्रतियोगितामा नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रस्तुति दिने भएका छन्। सो प्रयोजनको लागि दुवै कलाकार अहिले क्यालिफोर्निया आइपुगेका छन्।

आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले दुवै कलाकार नेपालबाट अमेरिका आइसकेको बताए। ‘नन्दिता केसी तथा केकी अधिकारी प्रतिभाशाली कलाकार हुन्’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरुले उहाँहरुको कला प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रतक्ष्य प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको छ।’

पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिवुडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडि अमेरिका आइसकेका छन्। बलिवुड अभिनेत्री मनिषा कोइराला पनि कार्यक्रममा सहभागी हुने आयोजकको दाबी छ।

कार्यक्रमबाट संकलित रकम नेपालको पुनर्निर्माणमा जाने जानकारी श्रेष्ठले दिए।

हाल सम्म अढाई दर्जन चलचित्रमा अभिनय गरेकी नन्दिता ‘सपना’, ‘मालतीको भट्टी’, ‘जीन्दगानी दर्पणछायाँ’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

केकी अधिकारी नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन्। केकीले थुप्रै नेपाली साङ्गीतिक श्रब्य दृष्य (भिडियो), टेलिभिजन विज्ञापन तथा आधा दर्जन भन्दा ज्यादा नेपाली चलचित्रमा काम गरी सकेकी छिन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading