नबीन कडेल एनआरएन साउथ अष्ट्रेलिया संयोजकमा निर्वाचित
४ जुलाई २०१५, एडेलेड- खुवै उत्सुकताका साथ हेरिएको एडेलेडमा आज सम्पन्न एनआरएन दक्षिण अष्ट्रेलियाको निर्वाचनको परिणामअनुसार नबीन कडेल संयोजकमा निर्वाचीत भएका छन । उनले संयोजक पदका अर्का उम्मेद्वार गोबिन्द रानालाई पछी पारेका छन। यसैगरी नबीन पन्त आफ्ना प्रतिद्वन्दि अशोक केसीलाइ पछी पर्दै सचीवमा निर्वाचीत भएका हुन ।
सदस्यहरुमा क्रमश: बन्दुबिक्रम कार्की, दीपा थापा, प्रजीता गेलाल, बाल सापकोटा र देबराज कडेल निर्वाचीत भएका छन।
सह-संयोजकमा नारायणकाजी गुरुङ र कोषाध्यक्षमा संगीता बुडाथोकी यसअघिनै निर्विरोध भइसकेका छन् ।
- संयोजक- नबीन कडेल
- सह- संयोजक- नरायनकाजी गुरुङ
- कोषाध्यक्ष- संगीता बुडाथोकी
- सचीब- नबीन पन्त
- सदस्यहरु:-
- बन्दुबिक्रम कार्की, दीपा थापा, प्रजीता गेलाल, बाल सापकोटा र देबराज कडेल रहने छन ।
निर्वाचन आयुक्त राजु उपाध्यायको नेतृत्वमा निर्वाचन निकै सौहार्दपुर्ण वातावरणमा अनुशासित र व्यावसायिक तवरबाट संम्पन्न भएको थियो । उहाले पत्रकार तथा उमेरद्वारहरलाई निर्वाचन प्रक्रियाका वारेमा शुरुमा सम्पुर्ण जानकारी गराउनु भएको थियो जसअनुसार निर्वाचनमा कतैबाट सामान्यपनि प्रभाव पर्नसक्ने संभावन नदेखिएको निरिक्षण गर्नेहरुले बताएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस