कम्युनिटी सर्भिस गरेर अष्ट्रेलियामा सरकारी अवार्ड पाउने पहिला नेपाली
-मिलन दाहाल ८ जुन २०१५, एडेलेड- सुकिला, हसिला, मिजासिला करिव ६ दसक पार गरिसकेका एक वृद्द हरेक नेपाली समुदायको कार्यक्रमहरुमा सरिक हुन्छन । निकै अगाडी अर्थात करिब तीन दसक अधीनै देखी साउथ अष्ट्रेलियामा बसोबास गर्ने उनी एडेलेडका नेपालीहरुका पहिलो पुस्ता हुन भन्दा फरक पर्दैन । केही अघिसम्म एडेलेड आउने नेपालीलाई एयरपोर्टसम्म लिन जाने र फर्किनेलाई एयरपोर्टसम्म छोड्न जाने ति समुदायसेवीको नाम हो दिपक बिष्ट । हो, तिनै एडेलेडका नेपालीका अविभावक आज नेपालीहरुको गौरबको बिषय बनेका छन, समुदायलाई सेवा गरेबापत अष्ट्रेलियन सरकारबाट अबार्ड पाउने पहिलो नेपाली बनेर ।
नेपाली बिद्यार्थीहरुको सपनाको देश बेलायतमा मन नअडिएपछी बसाईलाई ३-४ महिनामा बीट मार्दै १९८६ मा कंगारुहरुको देशमा बिद्यार्थीका रुपमा आइपुगेका बिष्टले एडेलेडको फ्लिण्डर युनिभर्सिटीमा अमेरिकाको एक युनिभर्सिटीको अफरलाई लत्याएर पढाई शुरु गरे, उनले बस्नका लागी एडेलेड नै रोजे । हुन त फ्लिन्डरमा अप्लाई गरेर नेपाल फर्किई मास्टर्स शुरु गरिसकेका उनी फ्लिन्डर्सले
पोड्ट ग्राजुएट गर्न अफर गरेपछी नेपालमा बस्न सकेनन् र एडेलेड फर्किएका थिए । शुरुमा आफ्नो पढाइलाई सहयोग गर्न लाइब्रेरियनको रुपमा काम गरे ।
फ्लिन्डलर्सपछी युनिभरसिटी अफ एडेलेड भर्ना भएका उनी त्यो युनीभर्सिटीको बिद्यार्थी राजनीतिमा पनि होमिए र स्टुडेन्ट एसोसिएसनको सेक्रेटरी हुदै प्रेसिडेन्टसम्म बने । एकताका पीएचडीसम्म गर्ने सपना बुनेका उनी पीएचडीका भने बिद्यार्थीमात्र बने । यसैबीच उनमा अष्ट्रेलियामा आफ्नै केही गर्ने सपना देख्न थाले र उनको त्यो सपनाले नेपाली खाना र संस्कृतीलाई साउथ अष्ट्रेलियामा चिनाउन पहिलो रेष्टुरेन्टको जन्म गरायो जसको नाम रह्यो- सगरमाथा नेपाली रेष्टुरेन्ट । कुनैबेला १२ जनासम्म स्टाफ रहने उनको रेष्टुरेन्टले एडेलेडमा पहिलो नेपाली रेष्टुरेन्टका रुपमा खुलेर नेपाली खाना र संक्कृतीलाइ चिनाउनेमात्र काम गरेन बरु आपदमा परेका नेपालीहरुलाई रोजगारीसमेत दिएर ठुलो सहयोग गर्यो ।
‘एडभेन्चर’ मन पराउने दिपकले जुन क्षेत्रमा पनि एडभेन्चर गरिदेिए । त्यसबेलासम्म अष्ट्रेलियामा नचिनिएको नेपाली खानालाई सन २००२ मा रेष्टुरेन्ट एन्ड क्याटरिङ एसोसिएसनको एक्ज्युकेटिभ बोर्डमा पुगेपछी चिनाउन अझ सजिलो भएको अनुभव छ उनीसँग । सन् २०१४ मा करिब १२ बर्ष चलाएको रेष्टुरेन्ट बेचेर उनी पुर्णरुपमा समुदायसेवामा होमिए । गैरआवासीय नेपाली संघका सस्थापक रहेका उनी धेरै नेपाली संघसस्थाका संरक्षक एवं सल्लाहकार रहेका छन ।
हरेक नेपालीले आज एडेलेडको समुदायसेवी नेपालीको स्मरण गर्नुपर्दा दीपक विष्टको नाम अग्रणी स्थानमा सम्झिने गर्छन । यसको प्रमाण रहेको छ, “प्राईड अफ अष्ट्रेलिया अवार्ड”, जुन अष्ट्रेलियामा बस्ने बिदेसीहरुलाई सेवा गरेबापत अष्ट्रेलियन सरकारले प्रदान गर्ने गर्छ । सन २०११ को लागी उक्त अवार्ड थापेका विष्ट अ्ष्ट्रेलियाका नेपालीहरुमा यसरी अवार्ड थाप्ने पहिला नेपाली हुन । दीपकलाई प्रेरणा मानेर समुदायसेवामा लाग्ने नेपालीहरुको जमातले नेपाली समुदायलाई चाडै नै निकै माथिल्लो स्थानमा उकास्ने संभावनाहरु प्रसस्त देखीन थालेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस