सन्नीलाई बिस्थापित गरिन सृष्टीले
२५ जेठ २०७२, काठमाडौं— बलिउडमा भविष्य बनाउन अवसर खोज्दै गरेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ एउटा गीतको ‘अनप्लग’ संस्करणमार्फत् पहिलो पटक हिन्दी गीतमा देखिएकी छिन्। एक वर्षअघि रिलिज भएको फिल्म ज्याकपटको ‘कभी बादल बर्से’ गीतको अनप्लग संस्करणमा उनी देखिएकी हुन्।फिल्मको सक्कली गीतमा सनी लियोन मुख्य भूमिका थियो। टिसिरिजको युट्युब च्यानलले मंगलबार सार्वजनिक गरेको अनप्लग भर्सनमा सृष्टिको रोमान्स सचिन जोशीसँग देखाइएको छ। सचिन ‘ज्याकपट’ अभिनेता हुन्। सृष्टि अभिनित भिडियो युट्युबमा २० घन्टामा १ लाख २५ हजार पटक हेरिएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस