नेपाली क्रिकेट टोली भारत जादै
१७ जेष्ठ २०७२, काठमाडौं - बन्द प्रशिक्षण र भिसा प्रक्रियाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली
आइतबार भारत प्रस्थान जाँदैछ। नेपालले आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व ट्वान्टी–२० छनोट खेलका लागी हिमाञ्चल प्रदेशमा बन्द
प्रशिक्षणगर्नेछ। विश्व ट्वान्टी–२० छनोट जुलाई ९ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुँदैछ।
यसैगरी नेपालले लिस्ट ‘ए’ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दुई खेल जुलाई २९ र ३१ मा स्कटल्यान्ड खेल्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपाली टोली भिसा प्रक्रियालाई आइतबार दिल्ली जान लागेको हो।
टोलीले शुक्रबार हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको मैदानमा अभ्यास सुरु गर्ने बताइएको छ। नेपाली टोली मे २० तारिख नेपाल फर्कने क्यानका कार्यवहाक
महासचिव उत्तम कर्माचार्यले बताए। क्यानले छनोट खेल र च्याम्पियनसिपका लागि २२ सदस्यीय टोली छनोट गरेको छ। छनोटअघि नेपालले इङ्ल्यान्ड र
नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने तयारी भइरहेको क्यानले जनायो। नेदरल्यान्ड्ससँग नेपालले कम्तीमा तीन ट्वान्टी–२० खेल्ने अपेक्षा गरेको कर्माचार्यले बताए।
क्यानडामा रहेका नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके जुन ३ देखि टोलीमा सामेल हुने बताइएको छ। बन्द प्रशिक्षणक्रम नेपालले भारतमा केही अभ्यास खेल खेल्ने कार्यक्रम छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस