साउथ अष्ट्रेलियाकि नेपाली चेली भूकम्पपीडितलाई राहत जुटाउन दुबइ जादै

३१ मे २०१५, एडेलेड- महानायक राजेस हमालसहित आधा दर्जन प्रख्यात कलाकारहरुको प्रस्तुति रहने युएइको अबुघावीमा हुन लागेको ‘च्यारिटी सो’ मा साउथ अष्ट्रेलियाकि नेपाली चेली प्रजीता गेलालको पनि प्रस्तुती रहने भएको छ ।

नेपाली दुतावास अबुधावीको संरक्षकत्वमा हुन लागेको उक्त कार्यक्रममा कलाकारहरुले प्रस्तुती निशुल्क दिनेछन भने उनिहरुको टिकट, खाने, बस्ने ब्यवस्थापनि नि:शुल्क हुने छ ।

महानायक राजेश हमाल, चर्चित हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला को प्रस्तुती रहने उक्त कार्यक्रम आकर्षक र राष्ट्रिय स्तरको हुने छ । लोक गायकहरु तिलकबम मल्ल र इन्द्र जिसी, लोक गायिका सम्झना लामिछाने मगर तथा पूर्व मोडेल तथा हमाल पत्नी मधु भट्टराईको उपस्थिती रहने कार्यक्रममा साउथ अष्ट्रेलियाकि चेली तथा पप गायिका प्रजीता गेलालको पनि प्रस्तुती रहने छ ।

कार्यक्रममा संकलन हुने पैसा प्रधानमन्त्री दैवी कोष मार्फत नेपालका भूकम्पपीडितलाई जाने छ ।

Leave a Reply