ताजा खवरहरु:

TAFE SA ले नेपाली बिद्यार्थीलाई दिने भनेको राहतको आधिकारीक जानकारी गरायो

Displaying Screenshot_2015-05-25-19-45-57.png२५ मे २०१५, एडेलेड- गोबिन्द राणा, दिपक लामा, असोक केसी, प्रतिष्ठा गौतम, मिलन दाहाल लगायतले गरिरहनु भएको नेपाली विध्यार्थीहरुलाई छुटको पहलको फलस्वरुप  TAFE SA  सँग भएको वार्तामा उसले गर्ने भनेर बाचा गरिसकेका कुराहरुलाई  email मार्फत आधिकारीक रुपमा जानकारी गराएको छ । आज बिध्यार्थी सहयोग एकाइ (Student Support Unit) बाट प्राप्त भएको email मा भनिएको छ- " गएको सुक्रबार TAFE SA ले नेपाली बिद्यार्थीहरुलाइ सहयोग गर्ने तरीकाका बारेमा छलफल गर्न पाउदा खुसी लागेको छ । हामीले तत्कालै गर्न लागेको के छ भने, TAFE SA ले बिद्यार्थीले पैसा तिर्न समय बढाइमाग्न निबेदन दिदा लाग्ने शुल्क अष्ट्रेलियन

डलर ३०० छुट देनेछौ यसका साथै हामीले फि तिर्ने समयतालिकामा  पनि  यसरी समायोजन गरेका छौ, नेपाली बिद्यार्थीहरुले अब हामीले दिने गरेको ३ पटकको बदलामा ४ पटकमा फि बुझाउन सक्नेछन । यसका साथै हामीले नेपाली बिद्यार्थीहरुलाई थप केही चहिएमा हरेक क्यामपसमा उपलब्ध बिद्यार्थी परामर्ष केन्द्र (Student Councelling Cebtre) मा सम्पर्क राख्न पनि भनिसकेका छौं ।  हामीलाई आशा छ, यो हामीले घोषणा गरेको सानो राहतले नेपाली बिध्यार्थीहरुलाई उनीहरुले हाल अनुभुत गरिरहेको आर्थीक र भावनात्मक तनाव केही  कम गर्न सहयोग गर्ने छ ।’

टिमका सबैजनाले नेपाल र नेपाली बिद्यार्थीका तर्फबाट कलेजलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading