ताजा खवरहरु:

एडेलेड शहरको एक कलेजबाट विद्यार्थी सहुलियतका लागी सकारात्मक प्रतिक्रिया

२२ मे Govinda Rana२०१५, एडेलेड- बिद्यार्थी सहुलियतका लागी प्रयास भइरहेको संस्थामध्ये एक संस्थाबाट प्रतिबद्दता आइसेकाले यथासिघ्र त्यस कलेजका बिद्यार्थीहरुसँग बसि उनिहरुलाइ चहिने सुबिधाबारे अन्तरक्रिया गर्नुपर्ने भएको छ । तसर्थ हामीलाइ यथासक्य चाडो बिद्यार्थी विवरण पठाउनहुन अनरोध छ । यसैगरी भरेसम्म अन्य २-३ संस्थाबाटपनि सकारात्मक पतिक्रिया आउने संभावना प्रवल छ । यथासक्य चाडो गरौं, कोही नछुट्नुहोस भन्ने एकमात्र हाम्रो स्वार्थ छ यो कार्यमा, सक्रिय रुपमा यस कार्यमा लागिहरनुभएको गोबिन्द राणाले बताउनुभएको छ । पर्सीसम्ममा विद्यार्थी अन्तरक्रियाको कार्य सम्पन्न हुनसके सोमबारबाट कुन बिद्यार्थीलाइ कति सम्मको कस्तोखाले राहत उपलब्ध गराउने भनेर छलफल अगाडी बढाउन सकिन्छ, उहाले भन्नुभयो ।

पुन: बिद्यार्थीहरुलाइ आव्ह्वान गर्दै हल्लाको पछी नलागी सहयोग पाउने-दिलाउने दिशामा अधि बढ्न सबैलाइ उहाँले आग्रह गर्नुभयो । अहिले अर्को एक संस्थासँग बार्ता भैरहेको छ, केहीबेरमा त्यहाबाटपनि सकारात्मक प्रतिक्रिया आउनेमा ठुलो आशा रहेको बताउनुभयो । फारम तलको लिङ्कमा गएर भर्न सकिने छ;

Nepalese International Student in Adelaide data sheet


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading