“सुचना चुहिएको” भन्ने हल्ला निराधार
२१ मे २०१५, एडेलेड- केहिबेर अघि नेपाली बिद्यार्थीहरुको ट्युसन फि सहुलियतका लागि संकलन गरिदै गरेको सुचना चुहिएको भनेर फैलिएको हल्ला निराधार रहेको बताइएको छ । साउथ अष्ट्रेलिया सरकार तथा कलेज र विश्व-विध्यालयहरुसंग अन्तिम चरणको छलफलका लागि संकलन भएइरहेको सुचना चुहिएको भन्ने सुनिनमा आएपछी अनलाइन एडेलेडले सुचना संकलन गर्न अहम भूमिका खेलिरहनुभएका सुदायसेवी दिपक लामासँग सम्पर्क गरेको थियो र यसरी सम्पर्क गर्दा उहाले बिद्यार्थीले फारम भरिरकेपछी गुगलले "रिजल्टका लागी लिंक" दिनेगरेको र त्यहा क्लिक गर्दा केही त्यहीं संकलन भएको विवरण जस्तो लाग्ने विवरण
देखाउनेगरेको भएपनि त्यो सत्य नभएको बताउनु भएको हो । ‘जुन विशिष्ट कामका लागी विवरण संकलन भएको हो त्यसैका लागीमात्र उक्त विवरण प्रयोग हुने कुरामा ढुक्क हुन सबैलाइ आग्रह गर्दछु’, उहाले थप्नुभयो ।
‘यसरी सुचना संकलन गर्न कानुन सम्मत हुदैन रे नि ?’ भन्ने प्रश्नको जवाफमा “आफ्नो परिवारकोवारेमा जानकारी राख्ने अधिकार तपाईलाइ हुन्छ कि हुन्न ?” भन्ने प्रतिप्रश्न गर्नुभएको थियो । एडेलेडका सम्पुर्ण नेपालीहरु आफ्नो परिवार भएको र परिवारका लागी आफुहरु दिनरात नभनि लागिरहेको बेलामा यस्ता कुराहरु प्रचारमा आउनु दु:खद भएको बताउनुभयो ।
पुन: सम्पुर्ण बिद्यार्थीहरुलाइ नडराइकन छिटो फारम भरि विवरण संकलनका लागि आग्रह गर्दै यदि कसैले ह्याक गरि सुचनाको दुरुपयोग गरेको पाइएमा “साइबर कानुन” अन्तरगत कानुनी प्रकिया अगाडी बढाइने जानकारी दिनुभयो । फारम तलको लिंकमा गएर भर्न सकिने छ ।
Nepalese International Student in Adelaide data sheet
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस