क्रिष्टियाना रोनाल्डोद्वारा नेपालीलाई ७९ करोड सहयोग
९ मे २०१५, लण्डन- रियल म्याड्रिड स्ट्रइकर क्रिष्टियाना रोनाल्डोले नेपालका भूकम्प पीडित बालबालिकाका लागि ७९ करोड सहयोगर्ने भएका छन । सो रकम उनले सेभ द चिल्ड्रेन यूके मार्फत पठाएको अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्। रोलान्डोको सहयोग नेपालमा बालबालिकाका लागि काम गर्ने सेभ द चिल्ड्रेन नामक संस्थाले पाउने छ।
फ्रान्सको खेल म्यागेजिन ‘सो फुटले’ ३० बर्षे फुटबल स्टारले सो रकम हस्तान्तरण गरिसकेको जनाएको छ। बेलायती पत्रिका द इन्डिपेन्डेन्टले सेभ द चिल्ड्रेन यूकेका अधिकारीलाई उदृत गर्दै सहयोग रकम शनिबार बिहान सम्म प्राप्त नभएको जनाएको छ। नेपालमा भूकम्प गएको केही समय पछि नै रोनाल्डोले आफ्ना फेसवुक फलोअर्सलाई भूकम्प पीडितका लागि दान गर्न आव्ह्यन गरेका थिए।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस