रौतहटमा ज्वालामूखी ठानिएको घोल पानी र माटो भएको खुलासा
७ मे २०१५, काठमाण्डौ- हिजो प्रकाशित समाचारमा रौतहटमा निक्लिएको भनिएको ज्वालामूखी पानी र माटोको घोल भएको नेपाल प्रहरीले जनाएको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ बस्ने अक्षयलाल महतोको घरमा ज्वालामुखी निक्लिएको कुरा संचार माध्यमहरुमा आएको थियो । प्रहरीले अनुसंधान गर्ने क्रममा फुसको घरमा रहेको चुलो सँगै मुसाले खनेको दुलो जोडिएको र खाना पकाउने क्रममा उक्त दुलोबाट धुँवा बाहिर आएपछि पानी हाल्दा माटो र पानीको घोल बाहिर निस्किएको खुलेको हो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस