भु-कम्पमा मृत्यु भएका तथा पीडितहरुको लागी एडेलेडमा आज सामुहिक मैनबत्ति चौकोस

-मिलन दाहाल

७ मे २०१५, एडेलेड- गत बैसाख १२ गते नेपालमा गएको भु-कम्पमा दिवांगत हुनेहरुलाइ श्रदाञ्जली दिन तथा घाइतेहरुमा आत्मवल बृद्दि गर्नका लागी एडेलेडमा विहिबार एक शोक एवं राहत संकलन कार्यक्रमको आयोजना गरिदैछ । 

साउथ अष्ट्रेलियाका बहुसास्कृतीक गतिबिघी हेर्ने मन्त्रि जो बेटीसन ( Zoe Bettison) को समेत उपस्थिति रहने उक्त कार्यक्रम सांझ ६ बजेदेखी ७.३० सम्म हुने आयोजकहरुले बताएका छन । कार्यक्रम एडेलेडको मुटुमा रहेको भिक्टोरिया स्क्वायरमा हुने छ ।

नेपालमा गत बैसाख १२ गते गएको महा-भुकम्पमा हालसम्म करिब ८,००० को मृत्यु भैसकेको छ भने १५,००० को हाराहारिमा घाइते भएको नेपाल सरकारले बताएको छ, मृतकको संख्या अझ बढ्न सक्नेछ । साउथ अष्ट्रेलियाका मन्त्रिसमेतको उपस्थिति रहने उक्त कार्यक्रममा बढी भन्दा बढी नेपालीहरुलाइ उपस्थिती हुन कार्यक्रममा संयोजक गोबिन्द राणाले आव्ह्वान गरेका छन ।

साथै सिड्निको मार्टिन प्लेसमा भोली स्थानिय समयानुसार मध्यान्न ४.३० बजे यस्तै कार्यक्रम आयोजना हुने गैर आवासिय नेपाली समाज, अष्ट्रेलियाले जनाएको छ ।

कार्यक्रमको प्रसारण एडेलेडका सबै स्थानिय टेलिभिजनहरु( ७,९&१०) ले गर्नेछन ।

Leave a Reply