ताजा खवरहरु:

मृतकको संख्या ७ हजार नाघ्याे

 २० वैशाख,  काठमाडौdeath- विनाशकारी महाभुकम्पमा परी आइतबार दिउसोसम्म ७ हजार ५७ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय २७ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौंमा ११८५, भक्तपुरमा २७७ र ललितपुरमा १७३ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ४६३४, भक्तपुरमा १८८७ र ललितपुरमा

११४१ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ४९४९, पश्चिम क्षेत्रमा ४१८ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ । पूर्व क्षेत्रमा ३१९, मध्य क्षेत्रमा ५०४५, पश्चिम क्षेत्रमा ११७९ र मध्य पश्चिम क्षेत्रमा २२ जना घाइते भएका छन् । साथै भुकम्पमा परि नेपाल प्रहरीका ४, नेपाली सेनाका ९, सशस्त्र प्रहरीका १, निजामती कर्मचारीका ४ र ५४ पर्यटकले ज्यान गुमाएका छन् ।

हालसम्म काठमाडौंमा ११४६, भक्तपुरमा २७७, ललितपुरमा १७२, पूर्व क्षेत्रमा ५१, मध्य क्षेत्रमा ४८९२, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ६९२२ को शव आफन्तले बुझीसकेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading