ताजा खवरहरु:

विदेशी सञ्चारकर्मीलाई निगरानी गर्न माग

Image result for supervising foreign mediaभूकम्पले प्रभावित क्षेत्रका समाचार सम्प्रेषणमा नेपाली सञ्चार माध्यमलाई सहज पहुँचको व्यवस्था  मिलाउन सरकारसँग माग गरिएको  छ ।

विदेशी सञ्चार माध्यमले कपितय  भ्रामक र अतिरञ्जित खालका सामाचार सम्प्रेषण गर्ने गरेकोले उनीहरुलाई सरकारको जनकारी र समन्वयमा मात्र रिपोर्टिड गर्ने व्यवस्था

मिलाउन ध्यानाकर्षण गराएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा र प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, महासचिव माधव नेपाललागयतले शुक्रबार सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटी माग पेस गरेका हुन् ।

एमालेले भूकम्पमा सञ्चार माध्यम र सञ्चारगृहमा पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गरी उनीहरुलाई राहत र क्षतिपूतिर्को व्यवस्था  मिलाउन पनि माग गरिएको छ । क्षतिग्रस्त संरचनाको निर्माणमा निश्चित प्रतिशतसम्म व्याज मिनाहा गर्न, पुनःनिर्माणमा अनुदानको व्यवस्था गर्न मन्त्रीको ध्यानाकर्षण गराएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading