ताजा खवरहरु:

निजी क्षेत्रलाई रोकेको छैन: सरकार

FB_IMG_1429946293291काठमाडौ, वैशाख १९ - सरकारका मुख्य सचिव लिलामणि पौडेलले राहत वितरणमा निजी क्षेत्रलाई सरकारले नरोकेको बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनले व्यक्तिगत रुपमा राहत लैजाँदा एक ठाउँमा धेरै पुग्ने र कतै पुग्दै नपुग्ने भएकाले सिडिओसँग समन्वय गर्नमात्र भनेको बताए ।

महाभूकम्पबाट बढी प्रभावित १५ वटा निर्वाचन क्षेत्रमा सह सचिवको नेतृत्वमा सरकारी टोली पुगिसकेको पनि उनले बताए । ५५ जनालाई हामीले तोकेका छौं, १५ क्षेत्रमा पुगिसेको छ । उनले भने । सरकारी निकायबीच नेतृत्वका बिषयमा खटपट भएको कुरालाई भने उनले अस्विकार गरे ।

भूकम्पको पहिलो र दोस्रो दिन सामाग्रीको अभावमा प्रभावित क्षेत्रमा जान नसके पनि त्यसपछि सरकारी टोली गएको उनले बताए । उनले अहिले पर्याप्त खाद्यान्न भएको तर त्रिपालको भने कमि रहेको बताए ।

राहत सामाग्री वा खाद्यान्न सहयोग गर्न चाहनेले थापाथली स्थित खाद्य संस्थानको गोदाममा जम्मा गर्न सकिने पनि उनले बताए । गोदाममा ल्याइदिनुस्, त्यसलाई ठीक ढंगले बाँड्ने काम सरकारले गर्छ, उनले भने ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading