ताजा खवरहरु:

भुकम्पको समयको एक पिडा बिर्साउने घटना

baby_20150501013325भत्किएको घरले २० घण्टासम्म पुरिएको ४ महिने बालकलाई जब उद्दारकर्ताले जिवितै निकाले तब फोटोग्राफर अमुल थापाले आफूभित्रको सबै पीडा बिर्सिए ।

सोनित अग्रवालको पुक्क परेका गाला फुस्रो धुलोले ढाकेकाे थियो । एउटा हातको मुठ्ठी बन्द थियो भने अर्कोले मुहार छोपिरहेको देखिन्थ्यो ।

नेपालको राजधानीबाट पूर्वमा रहेको भक्तपुरका धेरै ऐतिहासिक भवन ध्वस्त हुने गरी शनिबार ७.८ रेक्टरको भूकम्प जाँदा उनका ९ वर्षीया दिदीले उनलाई खेलाउदै थिइन् ।

अभिभावक घर बाहिर थिए । दिदीले जसोतसो आफूलाई बचाउन सफल भइन् । फोटोपत्रकार थापाले शिशूको आवाज पहिलो पटक सुन्दा उनी काठको बिमले थिचिएका थिए ।

‘त्यही बिमले घरको सबथोक अड्याएको थियो’, २६ वर्षीय उनी घटना सम्झिन्छन् । उक्त काठलाई चलाउनु झन् खतरा निम्त्याउनुझैं हुन्थ्यो ।

भक्तपुरमा रहेका थापाको परिवार आफैं भूकम्पबाट प्रभावित थियो र उनको घर पनि भत्किएको थियो तर थापाले जब बच्चाको रुवाइ सुने उनले यतिमात्र भन्न सके,‘हे भगवान यो बच्चालाई बचाऊ ।’

शनिबार बाटोमा हिंड्दा थापाले पहिलो पटक चेपिएका बालक कराएको आवाज सुनेका थिए तर उनले त्यतिबेला फोटो नखिच्ने निर्णय गरे ।

‘माहोल राम्रो थिएन’, उनी भन्छन् ।

तर, उनी अर्को दिन बिहान त्यही ठाउँमा आइपुगे ।

आइतबार विहान १० बजे नेपाल आर्मीको उद्दार टोलीले सोनितलाई निकाले ।

‘जब मैले बच्चालाई जिवित देखें, मेरो सबै पीडा हरायो । सबैजना ताली बजाइरहेका थिए । यसले मलाई ऊर्जा थियो र ममा भएको कयौं पीडाको बाबजुद पनि मेरो मुहारमा मुस्कान ल्यायो’, उनी भन्छन् ।

उद्दार गर्दा शिशूको कन्चटमा सानो घाउ मात्रै थियो ।

पर्यटकीय गन्तव्य भक्तपुरको धेरै सजिसजाउ घरहरु भूकम्पपछि भग्नावशेषमा परिणत भएका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading