ताजा खवरहरु:

रोनाल्डोले गरे नेपाललाई सहयोग गर्न आह्वान

काठमाडौं : विश्वचर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राईकर रोनाल्डोले मंगलबार फेसबुकमार्फत नेपालका भूकम्प पीडित बालबालिकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदालाई आग्रह गरेका हुन् ।

रोनाल्डोले भूकम्पबाट पीडित नेपाली बालबालिकालाई सेभ द चिल्ड्रेनमार्फत सहयोग गर्न भनेका हुन् । भूकम्पबाट पीडित बनेका नेपाली बालबालिकालाई राहतका लागि सहयोगको जरुरी रहेको बताएका हुन् ।

उनले सहयोग आह्वान गरेपछि उनका लाखौं फ्यान र प्रशंसकले नेपाली भूकम्प पीडितलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading