विदेशबाट आएको राहतको रेखदेखको जिम्मा रमेश खरेललाई दिनपर्ने जन-चाहाना
-मिलन दाहाल २९ मार्च २०१५, एडेलेड- नेपालमा भर्खरै गएको विनाशकारी महाभूकम्पको कम्पन त रोकियो तर त्यस भूकम्पले नेपालीहरुको मनमा छोडेको कम्पनको तिब्रता घटना निक्कै समय लाग्ने छ र त्यो भन्दा बढी समय लाग्ने छ भूकम्पले बिनाश गरेको संरचनाको पुनर्स्थापना गर्न । नेपालीहरुको दुर्भाग्य नै मान्नुपर्छ केहि अघिसम्ममात्र केहि सिमित मान्छेहरुले आफ्नो सत्ता
लिप्साको चाहना पुरागर्न नेपाली जनतालाई उक्साएर गराएको बिनाश र रक्तपातको घाउ भरिन नपाउदै प्रकृतिले अर्को भयानक बिपत्ति थपिदियो ।
भबितब्य भन्ने कुरा थाहै नदिएरै आउछ र बर्बाद बनाएर जान्छ, कसैले रोक्न सक्दैन । भर्खरै नेपालमा पनि भबितब्य आयो । नेपाली जनतालाई माया गर्ने बिदेशी राष्ट्र, बिदेशी नागरिक र प्रवासी नेपालीहरु बाटमात्र आजका दिनसम्म अमेरिकी डलर २८.१ मिलियन डलर अर्थात् नेपाली रुपया २,७२,५७,००,००० (२.७२ अरब) हुन आउछ र सहयोग बढ्ने क्रम जारि छ । भबितब्य भन्ने कुरा थाहै नदिएरै आउछ र बर्बाद बनाएर जान्छ, कसैले रोक्न सक्दैन । भर्खरै नेपालमा पनि भबितब्य आयो । कहिल्यै नमेटिने चोट दिएर गयो । त्यहि घाउमा मलम लगाउनका निमित्त नेपाली जनतालाई माया गर्ने बिदेशी राष्ट्र, बिदेशी नागरिक र प्रवासी नेपालीहरु बाटमात्र आजका दिनसम्म अमेरिकी डलर २८.१ मिलियन डलर अर्थात् नेपाली रुपया २,७२,५७,००,००० (२.७२ अरब) हुन आउछ र सहयोग बढ्ने क्रम जारि छ । यसका साथसाथै भारत, छिन्, बंगलादेश, पाकिस्थान लगायतका मुलुकबाट खाद्यान्न एबम जिन्सी समान कत्ति आए कत्ति त्यसको त कुनै लेखाजोखा नै छैन । यस्ता सहयोग रकम भुकम्प आउनासाथ तत्काल आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्न र क्रमस: पुनर्स्थापना गर्दै जानका लागि हुन्छ । तर नेपाली जनताले (केहि नेताका आफन्त र कार्यकर्ता छोडेर ) भूकम्पको अवधिभर पानि पनि खान नपाएको गुनासो धेरैतिरबाट सुनिरह्यो र गुनासोको केहि हदसम्म समाधान गर्न खोजे नेपाल तथा भारतका उधोगी, व्यवसायी, लगायत सर्वसधरणले ।
सहयोगस्वरूप आएका त्रिपाल, पाल लगायतका सामग्री सरकारी कार्यालयअगि त्यसै बसिरहे, र नेपाली जनता खुला जमिनमा कन्टेनरभित्रको ति सामग्रीलाई टुलुटुलु हेरेर खुला आकाशमा खाली पेट रात बिताउन बाध्य भए । यसो भनिरहदा नेपाली सेना, नेपाल प्रहरी, र कर्मचारीको त्याग र दिनरातको खटाइको अवमुल्यन मैले गर्न खोजेको हैन । नेपाली सेना र नेपाल प्रहरी यस भुकम्पका समयको खुला हृदयले धन्यबाद दिनपर्ने पात्र हुन् । उनीहरुको प्रसंसा जति गरेपनि कम नै हुन्छ । तर जनप्रतिनिधि आफुलाई भनेर नेपाली जनताको ठेक्केदार बताउने नेपाली राजनीतिका किराहरुको चाइ-चुइ कतै सुनिएन ।
तर अव समस्या समाधान भएपछी तिनिहरु सल्बलाउने निस्चित निक्कै धेरै पैसा आएको थाहा पएका छन तिन्ले । त्यही समयमा नेपाली जनाताको छाती भने भात्-भाति पोल्न थालेको छ । किनभने उनिहरुलाई थाहा छ, बिदेशबाट आएको त्यो उनिहरुले आपद्को समयम समेत नपाएको सहायता बाड्फड गरेर लिन कसरी लिन सकिन्छ भनेर सोच्न तथा छलफल अभियान भित्र-भित्रै चलिरहेका छन । किनभने हाल नेपालको राजनितिमा भएका मान्छेहरु इतिहासकै नालायक र गद्दार मान्छेहरु हुन । रमेश खरेलजस्ता उदाहरणिय र साहसी मान्छेहरुलेमात्र त्यस्ता रकमको सदुप योग गराउन सक्छन । त्यसैले उक्त कोषमा रमेश खरेलको संलग्नताको माग जोरदार ब्यापक सुनिन थालेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस