ताजा खवरहरु:

नेपालमै पहिलो पटक मेसिनबाट मकै कटाई

विराटनगर:  नेपालमै पहिलो पटक मेसिनको प्रयोग गरी मकैबाली कटान गर्न सुरु गरिएको छ ।
सुनसरीको चिमडीमा मेसिनले मकैका घोगा टिप्ने देखी दाना छोडाउने सम्म काम सुरु भएको हो । चिमडीका किसानले सामूहिक रुपमा १ सय १० हेक्टरमा लगाएको बाली मेसिनबाट कटान गर्न सुरु गरिएको छ ।

कम्पनीका कार्यक्रम अधिकृत विवेकानन्द झाले प्रयोग स्वरुप चिमडीमा मेसिनबाट मकै कटान थालिएको बताउँदै भने,‘अन्यत्र पनि मेसिन प्रयोग गरेरै मकैबाली उठाउने काम सुरु गर्दैछौं ।’
झाका अनुसार कम्पनीले कृषि सहकारी संस्थालाई मकै हार्भेस्टर मेसिन सहयोग गरेको छ । मेसिनले मकै कटान गरेको निरीक्षण गर्न सुनसरी–मोरङसहित पूर्वका सोह्र जिल्लाका कृषि कार्यालयका प्रमुख र बाली विकास अधिकृतसहित सरकारी अधिकारीहरुको टोली चिमडी पुगेको थियो ।
कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रैतीले भने,‘मेसिनबाट मकै कटान गर्ने काम पहिलो पटक हो । कृषिमा यान्त्रिकरणका लागि यो प्रयास कोसेढुङ्गा सावित हुनसक्छ ।’
मकैबाली लगाउन सहज भएपनि त्यसको कटान गर्न र थन्काउनसमेत धेरै समय लाग्ने भएकोले मेसिनको प्रयोगले समय, उर्जा, श्रम र खर्चको समेत वचत हुने उप्रेतीले बताए ।
भारतबाट झिकाइएका मेसिनले सुनसरीमा मकै कटान गरिरहेका छन् । मेसिनले मकै खेतमा पसेर मर्कका ठुटा, पात र खोयोलाई स–सना टुक्रा पारेर खेतमै छाडिदिन्छ । दानालाई एकै ठाउँमा जम्मा गरेर कन्टेनरमा राख्छ ।
पछि यसलाई एकैपटक ट्याक्टरको ट्रलीमा राखेर सोझै किसानले भकारीमा थन्क्याउन सक्छन् । मकै कटान गर्न छुट्टै हार्भेस्टरले छुट्टै ब्लेड प्रयोग गर्छ ।
यही मेसिनको प्रयोगबाट धान र गहुँ पनि कटान हुँदै आएको अधिकृत झाले जानकारी दिएका छन् ।
झापा र मोरङका किसानहरु कृषिमा औजारीकरण अभियानमा जुटेसँगै मकै काट्ने मेसिनलाई पनि प्रयोगमा ल्याइएको हो । स्थानीय किसान तेजनारायण चौधरीले आफूहरुले धान काट्ने, रोप्ने क्रमसँगै गहुँ काट्ने, रोप्ने काम यसअघि नै थालेको बताए ।
चिमडीमा मकै कटान भएको हेर्न स्थानीयबासी तथा किसानको ठूलो भींड नै लागेको थियो । कृषिमा औजारीकरणले यसक्षेत्रका किसान लाभान्वित भएको उनीहरुले बताएका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading