नेपाली कलाकारसँग पाेखरामा सुटिङ मा ब्यस्त हलिउडकि मुग्धा गाेड्से
७ बैसाख २०७२, पोखरा- - बलिउड अभिनेत्री मुग्धा गाेड्से अहिले पाेखरामा छन् । सुष्मा कार्की, अनु शाह, हर्षिका श्रेष्ठ तथा रवि गिरीजस्ता नेपाली कलाकारसँग एउटा फिल्मकाे सुटिङमा व्यस्त छन् ।
'फेसन' र 'अल दी बेस्ट'जस्ता केही बीग बजेट फिल्ममा अभिनय गरेकी मुग्धा
अहिले भने भाेजपुरी फिल्मका निर्देशक सानु शाक्यले निर्देशन गरेकाे सानाे बजेटकाे फिल्म ‘डेन्जरस फेसबुक’काे सुटिङ गर्न अाएकी हुन् । मधुर भण्डारकरका ‘फेसन’, ‘हिराेइन’ र ‘जेल’ जस्ता फिल्ममा उनले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
माेडलिङ हुँदै फिल्ममा अाएकी २८ वर्षीया मुग्धाले याे फिल्ममा रुसलान मुमताजकाे जाेडीका रुपमा अभिनय गर्दैछिन् । फिल्ममा राहुल देव पनि प्रमुख भूमिकामा छन् ।
पाेखराकाे साैन्दर्यले माेहित भएकी उनले भनिन् ‘मौका मिले अरू फिल्मको सुटिङ पनि यहीँ गर्नेछु ।’
फिल्मकाे व्यवस्थापन हेरेका सुवास काफ्लेका अनुसार यसकाे अधिकांश सुटिङ नेपालमै गरिदैछ । पाेखराका अलावा फिल्मकाे लुम्बिनी जाेमसाेम र जामुनेमा पनि सुटिङ गरिदैछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस