ताजा खवरहरु:

वाल-बच्चाका साथ् पुर्वयुवराज

२ बैसाख २०७२, काठमाparashडौं-सधै लागुऔसध र विवादका बीच भेटिने नेपालका पुर्व-युवराज पारस शाहलाइ  यसपाला केहि फरक रुपमा भेटेका  छन् फोटो-पत्रकारका क्यामराले । फोटो पत्रकारका खुला आँखाले देख्न नभ्याएका कतिपय ‘स्टोरी' क्यामेराका आँखाले पहिल्यै देखिसकेको हुन्छ कहिलेकाहीँ! नयाँ वर्षको पहिलो दिन मंगलबार मध्याह्न पनि त्यस्तै भयो। राजधानीको बूढानीलकण्ठमा गत बिहीबारदेखि चलिरहेको सातदिने सडक महोत्सवका झाँकी क्यामेरामा उतार्ने ‘असाइन' थियो।

 सहकर्मी फोटो पत्रकार प्रतीक रायमाझीसँगै गन्तव्यतिर सोझिएँ। प्रतीकले मोटरसाइकल चलाए, म ‘हतियार’ को ब्याग बोकेर पछाडि बसेँ। त्रिवि शिक्षण अस्पतालछेउ सडकमा हाम्रा अघिल्तिर हुड नभएको एउटा कार हुइँकिइरहेको थियो।

हरियो, पुरानो मोडलको ‘भेन्टाज’ कार राजधानीका सडकमा दिनहुँ गुडिरहने सवारीसाधनभन्दा भिन्न शैलीको थियो।

 

गाडी देख्नेबित्तिकै तस्बिर लिने हुटहुटी जागिहाल्यो। यो अनौठोपनले पत्रकारिता–दिमागको ढक्कन घुरुक्क उघारिदिनासाथ प्रतीकलाई गाडी पछ्याउन आग्रह गरेँ।
तुरुन्तै ब्यागबाट क्यामेरा निकालिहालेँ।

 

र, हतारमा ‘भ्यु’ नमिलाई भटाभट तस्बिर खिच्न थालेँ। चार ‘स्न्याप’ खिच्न के भ्याएको थिएँ, मोटरसाइकल पछाडि आउँदै गरेको गाडीले बेस्कन हर्न बजाउन थाल्यो।
हामीले त्यसको वास्ता गरेनौं। सरारर निर्धारित कामका लागि बूढानीलकण्ठतिर अघि बढ्यौं। जब महाराजगन्जचोक छिचोल्दै थियौं, अचानक दुई जना सवार एउटा मोटरसाइकलले हामीलाई ‘ओभरटेक’ गर्योज र पछिल्तिर बसेका अधबैंसेले प्रतीकलाई साइड लगाउन भनिहाले। हामीले मोटरसाइकल रोक्यौं।
केही रिसाएझैं देखिएका तिनले एकछिन पनि ढिलो नगरी मलाई क्यामेरा निकाल्नुस् भने।
‘त्यो अघि खिचेको तस्बिर डिलिट गर्नुस्,’ उनले आदेश दिएझैं गरी भने।

अब भने मेरो मनमा केही झस्का पस्यो। फोटो नै डिलिट गर्न लगाएपछि ‘यो गाडी पक्कै कुनै ‘डन’ वा आपराधिक गिरोहको रहेछ, लौ फसाद पर्नेभो’ जस्तो लाग्यो।
प्रतीक डरभर नमानी प्वाक्कै बोले, ‘नराम्रो काम गर्नेहरू पो पत्रकारदेखि तर्सिनुपर्ने हो त!’
मैले पनि थपेँ, ‘तपाईंहरू कतै त्यस्तै काममा त हुनुहुन्न?’
‘हाम्रो विनम्र आग्रह, प्लिज तस्बिर हटाइदिनुहोला,’ अलि नरम भएर ती अधबैंसेले कुनै कारण नखुलाई भने।
यति सुनेपछि मैले उनीहरूलाई देखाएरै एउटा तस्बिर डिलिट गरिदिएँ। मानिस नचिनिने अर्काे तस्बिर हेरेर उनले डिलिट गर्नुपर्दैन भने।
त्यो गाडी कसको हो, यी मोटरसाइकलवाला को हुन्? किन फोटो हटाउन लगाए, केही पत्तो भएन।
एउटा फोटो पत्रकारले कुनै सार्वजनिक ठाउँमा लिएको तस्बिर उसको निजी सम्पत्ति हुन्छ। त्यो फोटो त हामी सम्बद्ध संस्थाको समेत सम्पत्ति थियो। कतिपय घटना यस्ता पनि हुन्छन्, जहाँ हतारको फोटो नै ऐतिहासिक बन्न सक्छ। मैले चलाखी गरेँ। अरू तस्बिर सुरक्षित राखेर त्यही एउटा मात्रै हटाएँ।
‘तपाईंहरूलाई थाहा छ? त्यो डिलिट गरिएको फोटो रिकभर गर्न पनि त सक्छु,’ मैले जिस्काउँदै सोधेँ, ‘तपाईंहरूको खास परिचय के हो?’
‘मैले तस्बिर हटाउन आग्रह गर्नु थियो, गरेँ’ भन्दै ती व्यक्तिले दायाँ आँखा झिम्क्याए, बाटो लागे।

Budanilkantha festival 02

बूढानीलकण्ठ महोत्सवको फोटो खिचिसकेर हामी कार्यालय फर्कियौं। तर, महाराजगन्जको त्यो घटनाले कार्यालय नआइपुगुन्जेल रन्थनाइरहेको थियो।

celebrating new year during Budhanilkantha 02
कार्यालय आएर क्यामेरा झिकेँ र गाडीको तस्बिर जुम गरेँ। तस्बिरको महत्व बल्ल पो थाहा भयो। गाडी त पूर्वयुवराज पारस शाहले पो हाँकिरहेका रहेछन्, सँगै छोराछोरी पनि रहेछन्। सायद नयाँ वर्ष मनाउन नानीहरूलाई लिएर निस्केका थिए। आमा हिमानी देशबाहिर रहेकाले छोराछोरीलाई घुमाउनु उनकै कर्तव्य थियो सायद।
फोटो डिलिट गराउन लगाउने ती अपरिचित मोटरसाइकलवालाको सादा पोसाकधारी सुरक्षागार्ड रहेछन् पारसका।

Budanilkantha festival 03

बूढानीलकण्ठ विकास समितिले त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व प्रवर्द्धन गर्न पहिलोपटक यो महोत्सव आयोजना गरेको थियो।

celebrating new year during Budhanilkantha 07

नारायणगोपाल चोकबाट डमरु र्यातली, शुक्रबार रक्तदान तथा स्वास्थ्य शिविर, शनिबार सरसफाइ कार्यक्रम, आइतबार (चैत ३०) एवं सोमबार (वैशाख १) मन्दिरमा हिन्दु र बौद्धसम्प्रदायबाट विशेष पूजा सञ्चालन गरेर महोत्सव विशेष बनाउने तयारी रहेछ आयोजकको।

celebrating new year during Budhanilkantha 04
यो महत्वपूर्ण महोत्सवका झाँकी खिच्न त क्यामेरा लेन्सभन्दा पहिले नै तम्तयार थिए हाम्रा आँखा।

celebrating new year during Budhanilkantha 03

केही वर्षदेखि थाइल्यान्ड रहेका, लामो समय जेल परेका र जेलमुक्त हुनेबित्तिकै गत चैत १९ गते स्वदेश फर्केका पारस छोराछोरीसँग रमाउँदै ड्राइभिङ गरिरहेको दृश्य भने आँखाले नठम्याउँदै क्यामेराले ठम्याइसकेको रहेछ, धन्य क्यामेरा!

celebrating new year during Budhanilkantha 06

तस्बिरहरु : विजय राई

– See more at: http://nagariknews.com/feature-article/story/36532.html#sthash.haLHsIWk.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading