मेलबर्न– अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले आइतबार मेलबर्न क्रिकेट मैदानमा हुने विश्वकप फाइनलपछि अन्तर्राष्ट्रिय एकदिवसीयबाट संन्यास लिने घोषणा गरेका छन्। अर्को महिना ३४ वर्षमा पाइला टेक्ने क्लार्कले संन्यास लिन विश्वकप उत्तम समय भएको बताए। आफ्नो ध्यान टेस्ट क्रिकेटमा केन्द्रित गर्न र इङ्ल्यान्डमा हुने अर्को विश्वकपमा नयाँ कप्तानलाई तयार पनि यो समय उत्तम रहेको क्लार्कको भनाइ छ।
चार वर्षअघि रिकी पोन्टिङले एकदिवसीयबाट संन्यास लिएपछि अस्ट्रेलियाको नेतृत्व सम्हालेका क्लार्कले अब टेस्टमा ध्यान केन्द्रित गने बताए।
क्लार्कले शनिबार प्रिम्याचकन्फ्रेन्समा आफ्नो संन्यासको घोषणा गरेका हुन्। यसअघि उनलेसंन्यासबारे टोलीका साथीहरू, क्रिकेट अस्ट्रेलिया, छनोट समिति प्रमुख रोड मार्स र प्रशिक्षक डारेन फ्लेचरलाई जानकारी गराइसकेका थिए।
‘मेरोर अस्ट्रेलियनक्रिकेट टोलीका लागि पनि यो उपयुक्त समय हो,’ क्लार्कले भने, ‘चार वर्षअघि अस्ट्रेलियाको एकदिवसीय टोली कप्तान हुन पाउनु मेरो भाग्य हो। यस विश्वकपका लागी मलाई तयार गर्न उक्त जिम्मेवारी दिइएको थियो र अब हुने कप्तानले पनि त्यो मौका पाउनुपर्छ।’
२ सय ४४ अन्तर्राष्ट्रिय एकदिवसीय खेलिसकेका क्लार्कले ४४ भन्दा माथिको औसतमा ७ हजार ९ सय ७ रन बनाइसकेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर सन् २००३ दुबईमा बनाएको १ सय ३० रन हो।
त्यस्तै अस्ट्रेलियाका लागि १ सय ८ टेस्ट खेलेका क्लार्कले ५० भन्दा माथिको औसतमा ८ हजार ४ सय ३२ रन बनाइसकेका छन्। टेस्टमा उनको उच्च स्कोर ३ सय २९ रन हो।
ह्यामस्ट्रिङ चोटबाट मुक्त हुन संघर्ष गरिरहेका क्लार्कले भने,‘४८ घन्टाअघि मात्र यो निर्णय गरेको हुँ। आफैले आफैलाई प्रश्न गर्दा लाग्यो कि आगामी विश्वकपमा म खेल्न सक्दिनँ, मेरो स्वास्थ्यले खेल्न दिन्छ या दिँदैन त्यसैले पनि संन्यास लिनलाई सही समय चयन गरेको हुँ।’
यद्यपि क्लार्कले आगामी कप्तानमा कसैलाई सिफारिस नगरेपनि २५ वर्षे स्टिभ स्मिथले टोलीमा गरेको योगदानबारे प्रशंसा गरे।
‘स्मिथ एक खेलाडी र व्यक्तिगत दुवै रूपमा पनि परिपक्व छन्,’ भारतविरुद्धको सेमिफाइनलमा शतक बनाएका स्टिभबारे क्लार्कले भने,‘आगामी कप्तानबारे मैले भन्नु राम्रो हुँदैन र यो मेरो काम पनि होइन स्मिथ एक सम्भावित व्यक्ति भने हुनसक्छन्।’
‘उनको यो निर्णय आश्चर्यजनक रूपमा आयो। मेनबर्न क्रिकेट मैदानमा धेरै दर्शकसामु ठूलो सफलताबाट संन्यास लिन लागेको हुनसक्छ,’ क्रिकेट अस्ट्रेलियाका कार्यकारी प्रमुख जेम्स सुथरल्यान्डले भने, ‘नतिजा जस्तो आए पनि एकदिवसीयमा उनी हाम्रा महान खेलाडी हुन्।
Like this:
Like Loading...
Related
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस