ताजा खवरहरु:

एनआरएनए अस्ट्रेलिया सदस्यमा तीर्थको उम्मेद्वारी

अस्ट्रेलियाको नेपाली समुदायको सुद्रिढिकरण समुदायको एकता, पारदर्शिता तथा दोस्रो पुस्तालाई समुदायिक कृयाकलापमा संलग्न गराएरमात्र गर्न सकिने भन्दै सो कार्यमा महत्वपुर्ण भूमिका खेल्न आफूलाई मतदान गरि सहयोग गर्नसमेत नहर्कीले अस्ट्रेलियाको नेपाली समुदायसँग अपिल गरेका छन

१३ जुलाई २०२५, एडिलेड- ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आशन्न निर्वाचनमा दक्षिण अस्ट्रेलियाका तीर्थ नहर्कीले रास्ट्रिय समन्वय समिति सदस्यका रुपमा प्रतिस्पर्धा गर्ने भएका छन । अस्ट्रेलियाको नेपाली समुदाय आफ्नो ब्रहमाण्ड भएको जिकिर गर्दै नहर्कीले गएराती नै आफ्नो उम्मेद्वारी दर्ता गरेका थिए । आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणाबारेको जानकारी मतदाताहरुलाई गराउदै आफू बिगतदेखी नै समुदाय सेवामा लागेको तथा बिगत केही समयदेखी एनआरएनएको संगठनमार्फत नै एनआरएनएका अरु पदाधिकारीहरुसँग हातेमालो गर्दै अगाडी बढ्न शुरु गरेको जानकारी गराएका छन । 

आफूलाई समुदायले विश्वास गरि निर्वाचनमा जिताएमा एनआरएनएको एकता र समावेशितामा भूमिका खेल्ने, समुदायको उत्थानमा महत्वपुर्ण भूमिका खेल्ने, हुँर्कदो नेपालीहरुको दोस्रो पुस्तालाई एनआरएनए अभियानमा जोड्न उल्लेख्य भूमिका खेल्ने प्रतिवद्दता जनाएका छन । अस्ट्रेलियाको नेपाली समुदायको सुद्रिढिकरण समुदायको एकता, पारदर्शिता तथा दोस्रो पुस्तालाई समुदायिक कृयाकलापमा संलग्न गराएरमात्र गर्न सकिने भन्दै सो कार्यमा महत्वपुर्ण भूमिका खेल्न आफूलाई मतदान गरि सहयोग गर्नसमेत नहर्कीले अस्ट्रेलियाको नेपाली समुदायसँग अपिल गरेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading