२५६ पदका लागी प्रतिस्पर्धा, तीन जना अध्यक्षका उम्मेद्वार
१३ जुलाई २०२५, सिड्नी- ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आसन्न निर्वाचनले अस्ट्रेलियाभरबाट जम्मा २५६ जना प्रतिनिधी चयन गर्नेछ । संघका न्यू साउथ वेल्समा ३३ वटा, अस्ट्रेलियन क्यापिटल टेरिटरी, वेस्टर्न अस्ट्रेलिया, क्विन्सल्यान्ड र भिक्टोरियाका ३०-३० जना, दक्षिण अस्ट्रेलिया र तास्मानियाका २५-२५ जना, नर्दन टेरिटरीका २२ जना, रास्ट्रिय समन्वय समितिमा २३ जना र अन्तरास्ट्रिय समन्वय समितिमा ८ जना गरि जम्मा २५६ वटा पदमा प्रतिस्पर्धा हुने निर्वाचन समितिले बताएको छ ।
यसै गरि रास्ट्रिय समन्वय समितिका लागी तीन जनाले उम्मेद्वारी दर्ता गराएको समेत निर्वाचन आयोगले बताएको छ । अस्ट्रेलियाको अध्यक्षका लागी उम्मेद्वारी दर्ता गराउनेहरुमा क्विन्सल्याण्डका सन्तोष कुवर, नर्दन टेरिटरीका सञ्जिव गोर्खाली र वेस्टर्न अस्ट्रेलियाका भैरव ढकाल रहेका छन । निर्वाचन आयोगले केहीबेरमा उम्मेद्वारी दर्ता गराउनेहरुको नामावली सार्वजनिक गर्ने कार्यसुची रहेको छ ।
यता दक्षिण अस्ट्रेलियाबाट समेत तीन जनाले संयोजक पदका लागी उम्मेद्वारी दर्ता गराएको जानकारी नेपाल अस्ट्रेलिया समाचारलाई प्राप्त भएको छ । दक्षिण अस्ट्रेलियाबाट संयोजक पदमा उम्मेद्वारी दर्ता गराउनेहरुमा हालका उपसंयोजक बिनोद बाँनिया, थीर गुरुङ र देबेन्द्र खरेल रहेका छन । सामाजिक सञ्जालमार्फत संयोजक पदका लागी आकाक्षा देखाएका गणेश पराजुलीले भने थीर गुरुङको समुहबाट उपसंयोजक पदमा उम्मेद्वारी दिएका छन ।
बानियाँका एजेन्डामा अस्ट्रेलियाका संघर्षशिल नेपालीहरुको मानसिक स्वास्थ केन्द्रमा छ भने खरेलले दोस्रो पुस्ताका नेपालीलाई केन्द्रमा राखेर आफ्ना एजेन्डाहरु सार्वजनिक गरेका छन । गुरुङ विगतदेखी नै चर्चामा रहेको सामुदायिक भवनको एजेन्डालाई पुन: अगाडी सार्दै चुनावमा होमिएका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस