अब रजिस्टर्ड नर्सलाई पनि औषधी ‘प्रिस्क्राइब’ गर्ने अधिकार, स्कोपमा बढोत्तरी
४ जुन २०२५, सिड्नी- अस्ट्रेलियामा रजिस्टर्ड नर्सलाई पनि औषधी ‘प्रिस्क्राइब’ गर्ने अधिकार दिनेगरि अस्ट्रेलियाका स्वास्थ्यमन्त्रीले स्विकृति दिएका छन । स्वास्थ क्षेत्रमा जनशक्तिको अभावका कारण लामो समयदेखी रजिस्टर्ड नर्सलाई सिमित औषधीहरु लेख्ने अधिकार दिने बहस चलिरहेको भएपनी अस्ट्रेलियाको डाक्टरहरुको संगठनले वर्तमानकै शिक्षा र तालिमअनुसार रजिस्टर्ड नर्सहरुलाई औषधी लेख्ने अधिकार दिईदा जनस्वास्थमा प्रतिकुल असर पर्नजाने भन्दै यो कुरालाई स्विकार नगरेका कारण यो व्यवस्था लागु हुन सकेको थिएन । तर हालसालै सरकारले रजिस्टर्ड नर्सहरुलाई डाक्टरहरुको संगठनले भनेबमोजिम नै उचित तामिलको व्यवस्थापछी मात्र औषधी लेख्न दिइने व्यवस्था गरेपछी अस्ट्रेलियाको डाक्टरहरुको संगठन ‘रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिसनर’ ले सहमति जनाएको छ । डक्टरहरुको संगठनको सहमति पछी सरकारले रजिस्टर्ड नर्सहरुको ‘स्कोप अफ प्राक्टिस’ को दायरालाई थप फराकिलो पार्दै भने बमोजीमका अनुभव, तालिम र योग्यता पुगेका रजिस्टर्ड नर्सहरुलाई ‘प्रिस्क्राइब’ पनि गर्नसक्ने अधिकार दिएको हो ।
नयाँ व्यवस्था अन्तर्गत थप योग्यता प्राप्त रजिस्टर्ड नर्सहरुले सवै ‘सेड्युल’अन्तरगतका औषधी ‘प्रिस्क्राइब’ गर्ने अधिकार पाउनेछन । गत बर्षको डिसेम्बरमा नै सरकारले यसबारेमा ‘रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिसनर’ को राय मागेको भएपनि रजिस्टर्ड नर्सहरुको बिराम निर्क्यौल गर्ने क्षमता सिमित मात्र हुने भन्दै विषेस गरी ‘सेड्युल ८’ अन्तरगतका औषधीहरुको ‘प्रिस्क्रिप्सन’ अधिकार दिने कुरामा चिन्ता व्यक्त गरेको छ ।
यसरी औषधी लेख्ने अधिकार पाउनका लागी आप्रा (AHPRA) मा दर्ता भएका रजिस्टर्ड जर्सहरुले कमसेकम ३ बर्ष (कमसेकम ५ हज़ार घन्टा) रजिस्ट्रेशनपछी काम गरेको हुनुपर्दछ, तोकिएको पोस्ट ग्राजुएट डिग्री लिनुपर्दछ । त्यसपछी आप्रामा अनुमतिका लागी आवेदन दिनुपर्दछ । त्यसपछी आप्राले अनुमति प्रादान गरेको खण्डमा उनीहरुले औषधीहरु प्रिस्क्राइब गर्न समेत पाउने छन । आप्राले स्वस्थ संस्थामा कार्यरत नर्सहरुलाई मात्र यो अनुमति प्रदान गर्नेछ ।यसरी आप्राले अनुमति गरिसकेपछी स्वतन्त्र रुपमा प्रिसक्राब गर्ने प्रोफेसनलहरुको निगरानिमा अनुमति प्राप्त रजिस्टर्ड नर्सले ६ महिना काम गरनुपर्ने हुन्छ, त्यपछी उनिहरुको योग्यता ‘नेसनल प्रिस्क्राइबिङ सर्भिस’ अनुरुप छ कि छैन, परिक्षण गरिन्छ । उनीहरु योग।य देखिएको खण्डमा त्यसपछी भने उनीहरुले औषधी लेखन समेत गर्न सक्छन । यो नयाँ व्यवस्था २०२५ को सेप्टेम्बरदेखी लागु हुँदैछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस