ताजा खवरहरु:

अस्ट्रेलियामा नयाँ एनआरएनए दर्ता

नन रेजिडेन्ट नेपाली एसोसिएसनका अस्ट्रेलियामा नामबाट यसअधिसम्म एउटै रहेको एनआरएनए अस्ट्रेलिया ३० मे २०१९ मा एसिकमा दर्ता भएको थियो ।

७ जुन २०२५, अस्ट्रेलिया- अस्ट्रेलियामा दोस्रो एनआरएनए समेत दर्ता भएपछी विदिवत रुपमा समानान्तर एनआरएन अगाडी बढेका छन । मे २८ तारिखमा अस्ट्रेलियाको संघसंस्था दर्ता गर्ने सरकारी निकायमा अष्ट्रेलियन सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कमिशन (एसिक) मा एनआरएनए अष्ट्रेलिया लिमिटेडका नामबाट दोस्रो एनआरएनए दर्ता भएपछी अस्ट्रेलियामा दुइबटा एनआरएनए शुरु भएको हो ।

मे २७ सम्म अस्ट्रेलियामा एउटैमात्र एनआरएनए रहेको अवस्था थियो । त्यतिबेलासम्म एउटै रहेको एनआरएनए एसिकमा नन रेजिडेन्ट नेप्लिज एसोसिएसनका नामबाट  दर्ता रहेको थियो । २८ मे मा महेश श्रेष्ठ निकट समुहहरुले ‘एनआरएनए अस्ट्रेलिया लिमिटेड’ को नामबाट दोस्रो एनआरएनए दर्ता गराए र हाल एनआरएनए अस्ट्रेलियाको नामबाट फेसबुक पेजसमेत खोलिसकिएको अवस्था छ । ‘नन रेजिडेन्ट नेपाली एसोसिएसन अस्ट्रेलिया’ ‘एनआरएनए अस्ट्रेलिया लिमिटेड’ सँग सम्झौतामा नआए ‘एनआरएनए अस्ट्रेलिया लिमिटेड’ले वेबसाईट बनाई नयाँ सदस्यता आह्वान शुरू गर्ने दाबी गरेको केबिसी खवरले लेखेको छ ।

‘नन रेजिडेन्ट नेपाली एसोसिएसनका अस्ट्रेलिया’ का नामबाट यसअधिसम्म एउटै रहेको एनआरएनए अस्ट्रेलिया ३० मे २०१९ मा एसिकमा दर्ता भएको थियो । लगभग ३ लाख नेपाली रहेको अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलियाले बढिमा १६ हजार नेपालीमात्र समेट्न सकेको भन्दै  विवादमा आइरहेको समयमा एनआरएनए विधिवत रुपमै दुइवटा फाटोमा बिभाजन भएपछी यसले अस्ट्रेलियाका नेपालीको सोचमा कस्तो प्रभाव पार्दछ त्यो आगामी दिनले देखाउला । ‘नन रेजिडेन्ट नेपाली एसोसिएसन अस्ट्रेलिया’ का नामबाट दर्ता रहेको एनआरएनएले सदस्यता आह्वान गर्दा तोकिएको समयसम्म १० हजारपनि सदस्यहरु नबनेपछी एक साताको समयावधी थप गरि यसलाई १५ जुनसम्म लम्व्याइएको छ । यस संस्थाले आगामी कार्यकालको निर्वाचन २६ जुलाईका लागी तोकेको भएपनि सदस्यता लिनेहरुको उदासिनता र दोस्रो एनआरएनए संस्था कानुनी रुपमै दर्ता भएपछी पदाधिकारी र आमजनमानसमा अन्योलता थपिएको अवस्था छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading