नेपाली भाषी भुटानीलाई समेट्दै ‘एसोसिएसन अफ नेपाली ओरिजिन’
मिलन दाहाल
३ मार्च २०२५, सिड्नी- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भाषी भुटानीहरुलाई समेत समेट्नुपर्ने माग लामो समयदेखी उठिरहेको छ । एनआरएनए नेपालको संविधानअनुसार गठन भइ सञ्चालन भइरहेकाले एनआरएनएमा नेपाली भाषी भुटानीहरुलाई समेटन नसकिने एनआरएनए पदाधिकारीहरुले बताइरहेका बेला उनीहरुलाई पनि समेट्ने गरि एउटा नयां संस्थाको उदय भएको छ ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ का नामबाट । हालसालै यसको अस्ट्रेलिया शाखा समेत गठन भएको छ र संस्थाको अध्यक्षमा डम्बर भुजेल चुनिएका छन । अस्ट्रेलिया शाखाको उपाध्यक्ष दिनेश खतिवडा, महासचिव गंगा विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् । भने सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन् ।
एसोसिएसन अफ नेपाली ओरिजिनको उदय सन २०२४ को मार्च महिनामा थाइल्यान्डको राजधानी बैंककमा भएको थियो । संस्थाका शाखाहरु बेलायत, पोर्चुगल लगायतका देशहरुमा खुलिसकेका छन ।
यस संस्थाले पुर्खौली घर नेपाल रहिकनपनि एनआरएनएले समेट्न नसकेका अन्य नेपाली भाषीहरुलाई समेट्ने संस्थाका महासचिव सीएम भट्टराई बताउछन । कार्यक्रममा सहभागीता जनाएकि अस्ट्रेलियाका लागी नेपाली राजदुत चित्रलेखा यादवले नेपालीहरुका पहिचानका रुपमा रहेको नेपाली भाषा र संस्कृति जोगिएमात्र नेपाली जोगिने धारणा राख्दै प्रवासमा रहेका नेपालीहरुले नेपाली भाषा-संसकृतिको संरक्षणमा गरेको योगदानको स्मरण गरिन ।
मूख्य गरि पुनर्थापित भइ अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुगेका नेपाली भाषी भुटानीहरु, जस्को पुर्खौली उद्गमस्थल नेपाल भएको तथा शरणार्थीका रुपमा समेत दुइ दशकभन्दा लामो समय नेपालमा बिताएका कारण प्रवासका नेपालीहरुको छता संगठन ‘एनआरएनए’ ले कमसेकम उनीहरुलाई समेट्नुपर्ने उनीहरुको प्रत्यक्ष अप्रतक्ष माग रहदै गरेकामा एनआरएनए नेपालको कानुनअनुसार गठन भइ नेपालमा दर्ता रहि संचालित रहेका कारण कानुनी जटिलताका कारण नेपाली भाषी भुटानीहरुलाई समेट्न असमर्थ रहेको बताउदै आएको थियो ।
कार्यक्रममा एनआरएनए अध्ययक्ष अनिल पोखरेल, एन्जा अध्यक्ष कृष्ण तिवारी, लगायतको उपस्थिति रहेको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस