७० हजार थान चुरोट अस्ट्रेलिया ल्याउनखोज्ने जोडी डिपोट
८ फेब्रुअरी २०२४, सिड्नी- सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट अस्ट्रेलिया आउदै गरेका दुई चीनिया नागरिकको झोलामा डिक्लेयर नगरिएका ठूलो संख्यामा चुरोटहरू भेटिएपछि चिनियाँ पक्राउ गरी डिपोट गरिएको छ ।
मंगलबार, ७ जनवरी २०२५ मा सांघाईबाट अस्ट्रेलिया आइपुगेका उक्त जोडी एबीएफ अधिकारीहरूले सामान जाँचका लागि छनोट गरेका मानिसमध्येमा परेका थिए।
परीक्षणका क्रममा एबीएफ अधिकारीहरूले विभिन्न ब्रान्डका डिक्लेयर नगरिएका ६९ हजार ४० स्टिक चुरोट फेला पारेका थिए । उक्त चुरोटको कुल जम्मा कर ९ लाख चालिस हजारभन्दा बढी रहेको अनुमान गरिन्छ ।
चुरोटहरू जफत गरेपछी अधिकारीहरूले ती पुरुषहरूको अन्तर्वार्ता लिएका थिए । परिणामस्वरूप तिनीहरूको चुरोट जफत गरियो, भिसा समेत रद्द गरियो र इमिग्रेसनको हिरासतमा राख्दै उक्त जोडीलाई उनीहरूकै खर्चमा अष्ट्रेलियाबाट फिर्ता पठाइयो ।
एबीएफ सुपरिटेन्डेन्ट एल्के वेस्टले अष्ट्रेलियामा अवैध चुरोट तस्करी गर्न खोज्ने यात्रुहरूलाई एबीएफ अधिकारीहरूले तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।
“यदि तपाईंले आफ्नो सुर्तीजन्य उत्पादनहरू घोषणा गर्नुभएन भने, हामी तिनीहरूलाई जफत गर्नेछौं र तपाईंको भिसा रद्द गर्न सक्छौं, जसले तपाईंलाई तीन वर्षसम्म अष्ट्रेलिया फर्कनबाट वञ्चित गर्न सक्छ ,” सुपरिटेन्डेन्ट वेस्टले भने।
संगठित आपराधिक गिरोहहरूले अवैध चुरोटको आयातबाट आर्जित पैसा अन्य गैरकानूनी गतिविधिहरूका लागी प्रयोग गर्नसक्ने, जसले हिंसात्मक अपराधहरू निम्त्याउने भन्दै वेस्ट यस्ता कदमहरू स्विकार गर्न नसकिने बताउछन।
“हाम्रा अधिकारीहरूले सबै अवैध र गैरकानूनी वस्तुहरू देशमा आउनबाट रोक्न सीमामा महत्त्वपूर्ण भूमिका खेल्छन् – र हामी समुदायको रक्षा गर्न आफ्नो योगदान गर्न प्रतिबद्ध छौं।”
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस