ताजा खवरहरु:

ऐन परिवर्तन गरेर भएपनि अस्ट्रेलियामा दूतावास भवन बनाउँछु: राजदूत यादव

सन २०१४ को शुशिल कोइरालाको सरकारको शिक्षा मन्त्रि भइसकेकी यादव नेपाली काँग्रेसको प्रभावशाली नेतामध्येमा पर्छिन।

२ फेब्रुअरी २०२५, सिड्नी- अष्ट्रेलियाका लागी नयाँ नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियामा दूतावासको आफ्नै भवन बनाउनमा आफू केन्द्रीय हुने बताएकि छन । राजदूत भएर अस्ट्रेलिया आउनु अघि नै नेपालमा कुराकानीको शुरूवात थालेको बताउदैँ छलफलका क्रममा आफूलाई नेपालको कानुन अस्ट्रेलियामा दूतावास बनाउनका लागी वाधक भएको बताईएको उनले सिड्नीमा नेपाली बाणिज्य दूतावासको उद्‍घाटनका क्रममा नेपालट्यूवका प्रतिनिधिसँग कुरा गर्ने क्रममा  बताइन ।

यादवले जग्गा किनिसकेको अवस्थामा ऐन बाधक हुन्छ भने त्यसलाई परिवर्तन गरेर भएपनि अस्ट्रेलियामा दूतावास भवन बनाउनुपर्ने तर्क रहेको समेत बताइन।  साथै उनले २ लाखको हाराहारीमा नेपालीहरूको वसोवास रहेको अस्ट्रेलियामा नेपाली ध्वजाबाहकको सीधा उडान हुनुपर्ने तर्कपनि राखिन । दूतावासको भवन सँगसगै उक्त कुरापनि आफ्नो प्राथमिकतामा रहेको उनले बताइन।

सन २०१४ को शुशिल कोइरालाको सरकारको शिक्षा मन्त्रि भइसकेकी यादव नेपाली काँग्रेसको प्रभावशाली नेतामध्येमा पर्छिन।  नेपालको मन्त्रिपरिषदबाट हालसालै अस्ट्रेलियाको राजदूतका रूपमा नियुक्त भएकि यादवले गत हप्ताबाट राजदूतका आफ्नो जिम्मेवारी शुरू गरिसकेकी छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading