शिव परियारका साथ नेपाल आइडल दक्षिण अस्ट्रेलिया आउँदै
१४ जनवरी २०२५, एडिलेड- चर्चित नेपाली गायन रियालिटी शो ‘नेपाल आइडलका’ बिजेता करण परियार चर्चित नेपाली गायक शिव परियारका साथ दक्षिण अस्ट्रेलियामा आफ्नो प्रस्तुतिका लागी आउने भएका छन । सारङ्गी इभेन्ट्सको आयोजनामा ‘नेपाल आइडल विथ शिव परियार’ कार्यक्रम अन्तरगत उनीहरु दक्षिण अस्ट्रेलिया आउन लागेको सारङ्गी इभेन्ट्सका हेम श्रेष्ठले बताए । कार्यक्रम २१ फेब्रुवरी २०२५ मा एभरेस्ट रेस्टुरेन्ट एण्ड फङ्सन सेन्टरमा हुने तय भएको छ । कार्यक्रमको प्रवेश शुल्क $३० रहेको छ । टिकट यो लिङ्कमा गएरसमेत बुक गर्न सकिन्छ ।
कार्यक्रममा शिव परियार, करण परियार का साथमा नेपाल आइडल सिजन ५ कि फस्ट रनर अप सालोमी गुरुङ तथा नायीका तथा नृत्यङ्गना झरना रिशालको समेत प्रस्तुति रहने बताईएको छ । कार्यक्रम साँझको ६ बजेबाट शुरु हुने सारङ्गी ईभेन्ट्सले बताएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस