अस्ट्रेलिया टुरमा ‘नेपथ्य ‘
मिलन दाहाल
१३ जनवरी २०२५, एडिलेड- नेपालको चर्चित सँगितिक समुह ‘नेपथ्य’ पुन: साँगितिक यात्राको क्रममा अस्ट्रेलिया आउने भएको छ । नेपथ्यले २०२५ को मार्च महिनामा अस्ट्रेलियाको साँगितिक यात्रा गर्न लागेको हो । गिरिस ईभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा उक्त समुह अस्ट्रेलियाको सँगितिक यात्रामा आउन लागेको दक्षिण अस्ट्रेलियामा रहेर साँगितिक कार्यक्रम तथा खेलहरु आयोजना गराउदै आएको गिरिस ईभेन्ट्स एण्ड इन्टरटेन्मेन्टले बताएको छ ।
नेपथ्यका अनुसार ९ मार्चमा पर्थमा, १४ मार्चमा ब्रिसबेनमा, २१ मार्चमा एडिलेडमा र २९ मार्चमा सिड्नीका कार्यक्रमहरु तय भइसकेका छन भने अन्य शहरहरुमा कार्यक्रम आयोजनाका लागी तयारी भइरहेको नेपथ्यले बताएको छ ।
यसै क्रममा एडिलेडमा कार्यक्रमको आयोजना हेरिरहेको ‘गिरिस ईभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट’ ले केही सुपथ मुल्यमा उपलब्ध गराएको पहिलो चरणको टिकटहरु बिक्रि भइसकेको बताएको छ । एडिलेडमा शहरको केन्द्रमा रहेको Hindley Street Music Hall मा कार्यक्रमको आयोजना भइरहेको छ । “विगतको इतिहासलाई हेर्दा नेपथ्यको कार्यक्रमहरुमा टिकटहरु चाँडै नै बिक्रि हुने भएका कारण ‘नेपथ्य’ का फ्यानहरुलाई पछी निरास हुन नपरोस भनेर अहिल्यै टिकट लिन सुझाउछौं ।” गिरिस ईभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट का गगन गिरिले भने ।
नेपालका गाउँघरका लोकभाकालाई आधुनिक रक म्युजिकमा फ्युजन गराउन माहिर ‘नेपथ्य’ सबै उमेर समुहका दर्शकहरुलाई आकर्षित गर्न सफल रहन्छ । सन १९९० को दशकमा यात्रा शुरु गरेको ‘नेपथ्य’ युवाहरुमाझ पनि त्यतिकै आकर्षक भएका कारण दर्शकहरुको विशेष माँया पाउने गरेको छ ।
इंग्ल्याणडको विश्वप्रसिद्द ‘वेम्ब्ली एरेना’ मा समेत आफ्नो प्रस्तुती दिइसकेको यस समुहका मुख्य गायक अमृत गुरुङ नेपालका गाँउघरको भ्रमण गरेर सँगितको खोजी गर्ने गर्दछन । अधिल्लो भ्रमणका क्रममा गुरुङले नेपाल अस्ट्रेलिया समाचारसँग आफुले नेपालको ७७ बटै जिल्ला भ्रमण गरेको अनुभव सुनाएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस