ताजा खवरहरु:

सन् २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट कुन?

नेपालको स्थान कहाँ?

९ जनवरी २०२५, एडिलेड- विश्वभरका राष्ट्रहरुको पासपोर्टको तह निर्धारण गर्ने निकाय ‘हेन्ले एन्ड पार्टनर’ ले सन २०२५ का लागी देशहरुको पासपोर्टको तह सार्वजनिक गरेको छ । ‘हेन्ले एन्ड पार्टनर’ ले हरेक बर्ष राष्ट्रहरुको पासपोर्टको तह निर्धारण जसलाई ‘हेन्ले पासपोर्ट इन्डेक्स भनिन्छ । हेन्ले एन्ड पार्टनरले कुनैपनि देशका नागरिकहरु कतिवटा देशमा भिसा नलिइकन जान सक्छन भन्ने आधारमा स्तर निर्धारण गर्ने गर्छ ।

सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरको रहेको छ । सिंगापुरका पासपोर्टबाहक १९५ देशमा बिना भिषा आवतजावत गर्न सक्दछन । यसैगरि दोस्रो स्थानमा जापान, जसका पासपोर्टबाहक १९३ देशमा बिनाभिषा आवतजावत गर्न सक्छन ।

अस्ट्रेलियाको पासपोर्ट ग्रीससँगै छैटौं स्थानमा छ । अस्ट्रेलिया र ग्रीस दुबै देशका पासपोर्टबाहलले १८९ देशमा बिनाभिषा आवत-जावत गर्न सक्छन ।

१८६ देशले बिनाभिषा आवत-जावतको अनुमति दिने अमेरिका तालिकाको ९ औं स्थानमा छ भने नेपाल तालिकाको पुछारमा सोमालिया भन्दा १ स्थान माथी १०१ औ स्थानमा रहेको छ । नेपाली पासपोर्ट बाहकले बिनाभिषा ३९ देशको भ्रमण गर्न सक्छन । छिमेकी देश भारतको पासपोर्ट ८५औ स्थानमा छ, जसका पारपोर्टबाहकले ५७ देसमा बिनाभिषा जान सक्छन । तालिकाको पुछारमा अफगानिस्तान छ , अफगानिस्तानका पासपोर्ट बाहकले मात्र २६ देशमा बिनाभिषा प्रवेस पाँउछन ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading