ताजा खवरहरु:

सन् २०२५ मा घरजग्गा बेच्दै हुनुहुन्छ भने यो जान्नुहोस्

नत्र जाला AUD १२०,००० भन्दा बढी ATO

मिलन दाहाल

४ जनवरी २०२५, एडिलेड- पछिल्लो समयमा अस्ट्रेलियामा मा घरजग्गा भएका तथा सो को कारोबार गर्ने नेपालीहरुको संख्या बढिरहेको छ । अस्ट्रेलियाको कर कार्यालयले १ जनवरी २०२५ देखी लागु हुने गरेर यस्ता कारोवारमा हुने नियमनमा महत्वपूर्ण तयारी गरेको छ, जसका बारेमा जानकारी नभएमा कारिवारकर्तालाई हानी समेत हुन सक्दछ ।

विदेशी नागरिकले अस्ट्रेलियामा कारोवार गर्दा संकलन गर्ने कर अथवा पुँजी अम्दानी करको दायरालाई फराकिलो पारेको छ भने त्यसअधिसम्म लागु रहेको ७५०,००० अस्ट्रेलियन डलरभन्दा माथीको कारोबारमा मात्र यो नियम लागु हेनेगरेको अवस्थामा अब उप्रान्त सबै रकमको कारोबारको करकट्टी रकम कर कार्यालयमा बुझाउनुपर्ने छ, जुन अन्तिम कर फर्छ्युट हुँदामात्र फिर्ता पाइन्छ ।

अर्थात विदेशी नागरिकले अस्ट्रेलियामा घरजग्गाको कारोबार गर्दा यसधघिसम्म अस्ट्रेलियन डलर ७५०,००० भन्दा बढीको कारोवारमा कारोवार रकमको १२.५ प्रतिशतमात्र करकट्टि घरि कर कार्यालयमा पठाउनुपर्ने प्रावधान रहेकामा अब उप्रान्त सबै कारिवारमा १५ प्रतिशत ककट्टी गरि कर कार्यालयमा पठाउनुपर्नेछ । यदि तपाई अस्ट्रेलियाको बासिन्दा हुनुहुन्छ भने एउटा अवस्थामा तपाईले त्यसो गरिरहन पर्दैन । त्यो भने अस्ट्रेलियाको कार कार्यालयबाट आफू अस्ट्रेलियाको बासिन्दा भएको प्रमाण लिन पर्नेछ ।

यस्तो प्रमाण अस्ट्रेलियाको कारकार्यालयको वेवसाइमार्फतपनि आवेदन दिएर निशुल्क प्राप्त गर्न सकिन्छ । यसरि लिएको प्रमाण १२ महिनासम्म काम लाग्न सक्दछ । १२ महिनापछी भने पुन: यस्तो प्रमाण लिनुपर्नेछ ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading